५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

अलपत्र बेलबास–बेथरी सडक निर्माण पुन: अघि बढ्दै

अलपत्र रहेको बेलबास बेथरी सडक खण्डअन्तगर्त मोतीपुर क्षेत्रको निर्माणको काम अघि बढ्ने भएको छ । बजेट अभावले झण्डै चार वर्षदेखि अलपत्र परेको बेलबास–मोतीपुर–बेथरी चार लेन सडक खण्डलाई संघबाट प्रदेशमा १८ करोड बजेट आउने भएपछि अधुरो रहेको निर्माणको काम पुन: अघि बढ्न लागेको हो ।

२१ किलोमिटरको यो सडक बेतहानीदेखि नहरपुरसम्मको ३ किलोमिटर अलपत्र हुँदा स्थानीयले लामो समयदेखि धुलो र हिलोको सास्ती खेप्दै आएका छन् ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले निर्माणको काम अब अघि बढ्ने बताए । ‘सबै प्रक्रिया सकेर संघीय अर्थ मन्त्रालयबाट प्रदेशबाट बजेट आउँदैछ,’ उनले भने, ‘अलपत्र काम अब अघि बढ्छ । बिलम्ब भएको निर्माण शुरू हुन्छ । विष्णु पौडेल अर्थमन्त्री हुँदा बजेट विनियोजन भएको थियो । अबको केही दिनभित्र प्रदेशमा बजेट आउछ, लगतै काम अघि बढछ ।’

संघबाट बजेट प्रदेशको दायित्व भुक्तानी प्रयोजनार्थ बजेट ‘पिएलएमबिआइएस’मा प्रविष्ट भएको उनले जानकारी दिए । ‘ठेक्का लगाउनुपर्ने छैन, यसअघिको बज्रगुरु कान्छाराम जेभीले निर्माण थालेको हो, उनले नयाँ टिमलाई अख्तियारी दिएको छ,’ मन्त्री ढकालले थपे ।

कान्छाराम जेभीको ८ किलोमिटर ठेक्कामध्ये ३ किलोमिटर बाँकी छ । तीन वर्षमा सक्ने गरी पश्चिमबाट लुम्बिनी घुम्न आउने पर्यटकलाई बुटवलबाट सिधै बुद्ध जन्मस्थल जान र आउन आर्थिक वर्ष २०७२/७३ मा बेलवास–बेथरी पर्यटन मार्ग निर्माण शुरू गरिएको थियो । नमूना सडकको रूपमा निर्माण थालिएको विकास आयोजना शुरूआतमा रणनीतिक सडक अन्तर्गत २ अर्ब ८० करोड रुपैयाँको लागतमा संघीय सरकारले निर्माण अघि बढाएको थियो ।

मुलुक संघीयतामा गएपछि संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय, बुटवलले २०७५ सालमा सडकलाई लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

लुम्बिनी प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पत्राचारका सबै प्रक्रिया पूरा भएर बजेट प्रदेशमा आउने प्रक्रियामा गएको बताए ।

आयोजनाको कहिले जग्गा विवाद, कहिले बजेट अभाव त कहिले निर्माण कम्पनीले काम नगर्दा चरम ढिलाइले लागत बढेर ३ अर्ब ५० करोड पुगेको छ । तीन खण्डमा निर्माणको ठेक्का सम्झौता भएकोमा दुई खण्डको काम भए पनि एक खण्ड अझै बाँकी छ ।

सडकको बीच भागमा नहर र दुवैतर्फ सात–सात मिटरको डबल लेनको छ । सडकका दुवै किनारमा दुई मिटरको साइकल लेन र त्यसपछि १.५ मिटरको फुटपाथ छ भने, बीचमा नहरको भित्तामा हरियाली बनाउने योजना छ । बुटवलको बेलबासबाट सुरु भएको चार लेन सडक मोतिपुर, शुद्धोधन, सियारी हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्छ ।

बेथरी बजार भैरहवा–लुम्बिनी सडक खण्डमा पर्छ । यो सडक निर्माण हुँदा स्थानीय कृषि उपजको बजारीकरणमा सहज भएको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।

यो सडक पूर्वअर्थमन्त्री विष्णु पौडेलको योजनामा अघि बढेको थियो । दुवैतिर सडक बत्ती र नहरको पानीतर्फ फर्काइएका रङ्गिन बत्तीले यो सडकलाई आकर्षक बनाउने योजना छ । नहरमा पानीको मात्रा बढाएर लामो दूरीको र्‍याफ्टिङ वा बोटिङसमेत गर्न सकिने महत्वकांक्षी योजना अगाडि सारिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित