युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

कर्मले चिनिएका ‘चुन्न’

समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन् । त्यस्तै मध्येका एक व्यक्तित्व हुन्, चुन्नप्रसाद शर्मा पौडेल । बागलुङमा जन्मिए, बागलुङमै हुर्किए र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसले व्यक्तिगत सफलताभन्दा माथि उठेर समाज, उद्योग र राष्ट्र निर्माणलाई जीवनको ध्येय बनाए ।
वि.सं. २०२२ साल असार २७ गते बागलुङको हुग्दिशिरमा जन्मिएका शर्मा, बाबु पशुपति शर्मा र आमा पार्वती पौडेल शर्माबाट नैतिकता, अनुशासन र कठोर परिश्रमको संस्कार लिएर हुर्किए । प्रारम्भिक शिक्षा गुल्मीको शान्तिपुरबाट सुरु गरे । अध्ययनलाई निरन्तरता दिँदै उच्च शिक्षाका लागि भारतको बनारससम्म यात्रा गरे ।
बनारसको आध्यात्मिक र प्राज्ञिक वातावरणले उनको सोचलाई फराकिलो बनायो । जीवनलाई केवल व्यक्तिगत उन्नतिमा सीमित नराखी समाजप्रति जिम्मेवार बन्नुपर्ने चेतना त्यहीँबाट सशक्त बन्यो । शिक्षा पूरा गरी गाउँ फर्किएपछि उनले २०३८ सालमा गाउँकै विद्यालयमा शिक्षण पेशाबाट जीवनको यात्रा अगाडि बढाए । एक शिक्षकको रूपमा समाजलाई साक्षर र सचेत बनाउने उनको प्रयास प्रशंसनीय रह्यो ।
करिव ४ वर्षको अध्यापनपछि उनले बुझे, राष्ट्र निर्माणमा आर्थिक सशक्तिकरणको भूमिका अझ व्यापक छ । त्यसपछि भने उनले उद्योग–व्यवसायमा पाइला टेके । २०४९ सालमा रुपन्देहीको संगमपथमा सानो पसलबाट सुरु गरेको यात्रा आज बहुआयामिक व्यावसायिक समूहमा परिणत भएको छ ।
उनले यशोदा फूड प्रोडक्स उद्योगबाट उत्पादित विभिन्न ब्राण्डका नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएका छन् । बुटवल हस्पिटल प्रा.लि. मार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गरिएको छ भने ह्यात प्यालेस (५ तारे होटल) जस्ता परियोजनाले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुगेको छ । आज उनका उद्योगहरूमा ५ हजार भन्दा बढी नेपालीले रोजगारी पाएका छन् । हजारौँ परिवारको चुलो बाल्ने आधार बन्नु उनको व्यवसायको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ । त्यस्तै उनीसंग हजारौं व्यवसायिक सारथी छन् ।
शर्माको व्यक्तित्व केवल उद्योगीको रूपमा सीमित छैन । महामारी, प्राकृतिक विपत्ति वा सामाजिक संकटका बेला उनले अग्रपंक्तिमा रहेर सहयोग पु¥याएका छन् । स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स सहयोगदेखि विभिन्न राहत कार्यक्रमसम्म उनका पहलहरूले मानवीय संवेदनशीलता देखाउँछन् । उनका लागि व्यवसाय केवल नाफाको माध्यम होइन, समाजसेवाको आधार हो । यही सोचले उनलाई समाजमा विश्वसनीय र लोकप्रिय बनाएको छ ।
‘चुनप्रसाद शर्मा पौडेल’ विकास र समृद्धिको स्पष्ट दृष्टिकोणसहित सार्वजनिक जीवनमा सक्रिय छन् । उनलाई विश्वास छ, ‘उद्योगले हजारौंलाई रोजगारी दिन सक्छ, तर सही नीतिले सिंगो देशको भविष्य बदल्न सक्छ ।’ उनको प्राथमिकता स्थानीय उत्पादनको प्रवद्र्धन, स्वदेशमै रोजगारी सिर्जना, युवा उद्यमशीलताको विकास र पारदर्शी शासन व्यवस्था हो । उनी महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र युवालाई विदेश पलायनभन्दा स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्ने पक्षमा दृढ छन् ।
२०४० सालमा उमादेवी शर्मासँग वैवाहिक जीवनमा बाँधिएका शर्मा हाल बुटवल उपमहानगरपालिका–११ का स्थायी बासिन्दा हुन् । छोराछोरी प्रशन्न, प्रशान्त र प्रतिमा सहित उनी पारिवारिक मूल्य र एकतालाई जीवनको मूल शक्ति मान्छन् । परिवारभित्रको मेलमिलाप र सहकार्य नै समाजप्रतिको ठूलो जिम्मेवारी सम्हाल्न आत्मविश्वास दिने आधार भएको उनी बताउँछन् ।
चुनप्रसाद एक साधारण परिवेशबाट उठेर असाधारण उपलब्धि हासिल गर्ने व्यक्तित्व हुन् । शिक्षण, उद्योग, समाजसेवा र सार्वजनिक जीवन, यी सबै क्षेत्रमा उनले कर्म, इमानदारी र दृष्टिकोणको समन्वय प्रस्तुत गरेका छन् । उनको जीवनकथा केवल व्यक्तिगत सफलताको कथा होइन, सम्भावनाको कथा हो, जहाँ परिश्रम, प्रतिबद्धता र सकारात्मक सोचले परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश दिन्छ ।
नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका उनै चुन्नप्रसादलाई आसन्न प्रतिनीधि सभा निर्वाचनमा काँग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उम्मेद्वार बनाएको छ ।
सबैसंग मिलनसार र सरल स्वभावका चुन्नप्रसाद भन्छन्– ‘म कुनै दलमा आस्थावान भएपनि सामाजिक तथा व्यवसायिक जीवनमा कसैलाई विभेद गरेको छैन, यो निर्वाचनमा पनि सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’ उनलाई नेपाली काँग्रेसले मात्रै होईन, सबै दलमा आस्था राख्नेले दिएको सद्भाव र समर्थनले संसद छिर्ने बाटो सहज बनाईदिएको विश्वेषण गर्न सकिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित