मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली

देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको  भेलाबाट  सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।

भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । भेलाबाट वडा प्रतिनीधीको रुपमा वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुन लाई पदेन सदस्यको रुपमा चयन  गरिएको छ ।

यस्तै सदस्यको रुपमा  यमुना काउचा, तेजेन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी र टिका ओली चयन भएका हुन । नयाँ गठन भएको समितिको सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा रहेका छन् । नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  निर्वाचित नित्यानन्द ज्ञवाली यो भन्दा पहिला विद्यालयको सफल नेतृत्व गरिसकेका अध्यक्ष हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित