एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवलमा भएको एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेस्ट इङलिस बोर्डिङ स्कुलले जितेको छ । एभरेस्टले न्यू होराइजन मावि, बुटवललाई तीन शुन्य (२५-१४, २५-१८ र २५-१२) को सेटमा हराउँदै उपाधि जितेको हो ।

उपाधिसँगै एभरेस्टले नगद तीस हजार, शिल्ड तथा प्रमाणपत्र हात पा¥यो । आयोजक विद्यालय एभरेष्ट माविको खेलमैदानमा भएको खेलमा उपविजेता बन्दै न्यू होराइजनले नगद बीस हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेको छ । झन्डै डेढ दर्जन प्रतिस्पर्धी समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा कुवँरवर्ति इङलिस बोर्डिङ स्कुल, तिलोत्तमा तृतीय बनेको छ । कान्ति माध्यमिक विद्यालय, बुटवललाई तीन शुन्यको सेटमा हराउँदै कुवँरवर्ति तृतीय भएको हो । उसले तृतीय स्थान हाँसिल गर्दै नगद दश हजार, शिल्ड तथा प्रमाणपत्र हात पा¥यो ।

प्रतियोगितामा विजयी टिमलाई पुरस्कार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्री देवी अर्यालले खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक सँगै बौद्धिक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदको क्षेत्रमा महिला खेलाडीहरुको सहभागीता र सँगैहुने प्रतिस्पर्धाले महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै एभरेस्ट मा.वि.ले त्यो उल्लेख्य कार्य गरेको बताउनुभयो । उहाँले उपमहानगरले खेलकुद क्षेत्रको विकास र नगर भित्र रहेका पुरुष तथा महिला दुबै खेलाडीको खेल क्षेत्रमा रुची बढाउन तथा विकास गर्न उपमहानगरले बजेटको व्यवस्था समेत गर्दै आएको बताउनुभयो ।

एभरेस्ट मावि सञ्चालक समितिका उपाध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर खेलकुद विकास समिति, बुटवलका संयोजक बोनिन पियाले खेल क्षेत्रमा विद्यार्थीको सहभागीताले राष्ट्रिय तथा अन्तराष्ट्रि«य जगतमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश भलिबल संघ, लुम्बिनीका अध्यक्ष योग गुरुङले भलिबल राष्ट्रि«य खेल भएता पनि यसको विकासकालागि राज्यस्तरबाट प्रोत्साहनका कार्यक्रम नहुँदा खेलाडी उत्पादनमा समस्या आएको उल्लेख गर्दै निजी क्षेत्रबाट आयोजना हुने यस्ता खेलले भलिबलको विकासमा सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघ, नेपालका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, जिल्ला भलिबल संघ, रुपन्देहीका अध्यक्ष सुरेन्द्र कुमार शाक्य, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, सह प्राचार्य भिमसेन गौतमलगायतले विजयी टिम तथा विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । रुपन्देही जिल्लाका डेढ दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । यसैबिच विद्यालयमा भएको सप्ताहव्यापी खेल सप्ताह पनि सम्पन्न भएको छ । खेल सप्ताहमा विद्यालयको प्रारम्भिक तहदेखि मा.वि. तहसम्मका झन्डै दुई हजार विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको शिक्षक माधव पौडेलले बताउनुभयो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित