तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

देवसिद्ध खानेपानीको १४ औं साधारणसभा

बुटवल । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ देवीनगरको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले बुटवलका खानेपानी तथा सरसफाई संस्थाहरु नमूना बनेका बताए ।

उनले देवसिद्ध खानेपानी योजनाको कार्यप्रगति अग्रणी कार्यको प्रशंसा समेत व्यक्त गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले खानेपानी संस्थालाई आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताइन । कार्यक्रममा संस्थाका अध्यक्ष भरत पाठकले खानेपानी महशुललाई थप व्यवस्थित र सर्वसुलभ बनाउने नीति लिएको बताए । उनले आगामी १ वर्षभित्र प्रेसर फिल्टर जडान सबै उपभोक्तालाई शुद्ध पिउने पानी वितरण गरिने बताए ।

कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले खानेपानीको संरक्षण र सम्बद्र्धन गर्नु सबैको कतव्य रहेको बताए । सो अवसरमा खानेपानी महासंघका केन्द्रीय सदस्य धु्रव धिताल, शिक्षाप्रेमी टुकबहादुर क्षेत्री, संस्थाका सल्लालहकार सुरज भटटराई लगायतले बोलेका थिए ।

कार्यक्रममा अवसरमा ७५ वर्ष पूरा गरेको १५ जना उपभोक्ता सदस्य, ८० वर्ष पूरा भएका उपभोक्ता परिवारका सदस्य र शताब्दी पुरुष पिताम्बर न्यौपानेलाई सम्मान गरिएको थियो ।

त्यस्तै आफ्नो घर तथा परिसरमा सरसफाई गरी सौन्दर्यकरणमा योगदान पु¥याउने पूर्व सिद्धनगर टोल विकास संस्थाबाट मणिमुकुन्द मावि, पश्चिम सिद्धनगरबाट विकास जिसी, तल्लो देवीनगरबाट दुर्गाबहादुर खत्री र भावनी टोल विकास संस्थाबाट बाशुदेव पौडेल र पत्रकारिताको माध्यामबाट योगदान पु¥याउने कृष्ण मल्ललाई सम्मान गरिएको संस्थाका सचिव लोकराज शर्माले जानकारी दिए । संस्थाका उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित