तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलमा माघ १ गते ‘रम्मिता को पिरती’ सांगीतिक कार्यक्रम आयोजना हुँदै

 

बुटवल । प्रेम, संगीत र प्रत्यक्ष सांगीतिक प्रस्तुतीको भव्य उत्सवका रूपमा ‘रम्मिता को पिरती’ म्युजिकल इभेन्ट टुर बुटवलमा आयोजना हुने भएको छ । माघ १ गते बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिआइसीसीमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

इभेन्ट इन बुटवल र माकाडक्स इभेन्टको आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा समिर श्रेष्ठ फिचरिङ गुडबोइज, द हुलाकी, कुशल पोखरेल, महेश काफ्ले, आना शर्मा र धिराज मगरले प्रत्यक्ष प्रस्तुति दिनेछन् । साथै कार्यक्रममा एक विशेष ‘सरप्राइज आर्टिस्ट’ को समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । ‘रम्मिता को पिरती’ फिल्मको सांगीतिक टुर अन्तर्गत यो कार्यक्रम बुटवलबाट सुरु हुन लागेको हो ।

इभेन्ट इन बुटवलका सञ्चालक अतीत थापाका अनुसार प्रेम र सांगीतिक भावनालाई केन्द्रमा राखेर तयार गरिएको यो कार्यक्रम युवापुस्ताका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

माकाडक्स इभेन्टका प्रतिनिधि सन्देश केसीले कार्यक्रममा करिब ३५ जना कलाकार तथा प्राविधिकको सहभागिता रहने जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ र दर्शकलाई गुणस्तरीय लाइभ म्युजिक अनुभव गराउने लक्ष्य लिइएको छ ।

दर्शकका लागि ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने टिकट ई–सेवामार्फत सहज रूपमा लिन सकिने व्यवस्था गरिएको छ । माघ १ गते अपराह्न ३ बजेदेखि गेट खुल्ने थापाले जानकारी दिए । साथै, टिकट खरिद गर्ने दर्शकले फ्रेन्स सिनेमा ‘रम्मिता को पिरती’ फिल्म निशुल्क हेर्ने अवसर समेत पाउने आयोजकले जनाएको छ ।

थापाका अनुसार बुटवलकै उत्कृष्ट साउण्ड मानिएको ट्रु साउण्डको साउण्ड सिष्टम प्रयोग गरिने कार्यक्रमको होस्ट राजेश सिन्जालीले गर्नेछन । हालसम्म करिब १ हजार टिकट बिक्री भइसकेको र थप १ हजार टिकट बिक्री गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित