विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

रेसुङ्गा विमानस्थलबाट सातामा चार दिन नियमित उडान

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको चार दिन नियमित हवाई उडान सञ्चालन हुँदै आएको छ । नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भइरहेका छन् ।

रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय अधिकांश उडान तालिकाअनुसार सञ्चालन भइरहेका छन् । लामो समयसम्म उडान अनियमित हुँदा समस्या भोग्दै आएका जिल्लावासीका लागि अहिलेको नियमितताले हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको छ ।

गत शनिबार जहाज निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ११ बजेर २९ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । नियमित तालिकाअनुसार काठमाडौंबाट बिहान ६:३० बजे र गुल्मीबाट काठमाडौंतर्फ बिहान ७:४५ बजे उडान हुने व्यवस्था छ ।

नियमित हवाई सेवाले जिल्लाको व्यापार, पर्यटन तथा समग्र सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने रेसुङ्गा नगरपालिका–१० का पूर्व वडाध्यक्ष पदमप्रसाद अर्यालले बताए ।

काठमाडौंसहित अन्य स्थानसँग गुल्मीलाई हवाई मार्गबाट जोड्ने उडानले सर्वसाधारण, बिरामी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी र व्यवसायीहरूलाई ठूलो राहत मिलेको छ ।

विशेषगरी आकस्मिक उपचारका लागि राजधानी जानुपर्ने बिरामीहरूका लागि हवाई उडान जीवनरक्षक साधनका रूपमा रहेको स्थानीयको भनाइ छ ।

हाल काठमाडौं–रेसुङ्गा हवाई भाडा ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गा–काठमाडौं ७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

दिउँसोको समयमा हावा चल्ने सम्भावना बढी हुने भएकाले सुरक्षालाई ध्यानमा राख्दै उडानहरू बिहानै सञ्चालन गरिँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित