तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बहुबिवाहको अभियोगमा पक्राउ परेका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान

बहुबिवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुपन्देही जिल्ला अदालतलले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

उनिसँगै पक्राउ परेकी गिता पुरीलाई भने ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश अदालतले गरेको छ । उनिहरु माथि बहु बिवाहको उजुरी परेपछि डिएसपी नेपाल र गिता पुरी बिरु पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनिहरु दुवैजना मंसिरको तेश्रो हप्ता रुपन्देही प्रहरी समक्ष सम्पर्कमा आएका थिए ।

नेपालकी जेठी श्रीमती तारा नेपाल खनालले उनिहरु बिरुद्ध बहुबिवाहको उजुरी प्रहरी समक्ष दिएकी थिइन् । रुपन्देही जिल्ला अदालतका न्यायधिश चाणक्यमणिको इजलासबाट शुक्रवार यो आदेश भएको हो ।
नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए । भने, पुरी बुटवल धागो कारखानास्थित नेपाल प्रहरी बिशेष सुरक्षा गणमा कार्यरत असइ हुन् ।

पुरीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र ‘लिभिगँ टुगेदर’का क्रममा बच्चा जन्मिएको कुरा नेपालले अदालत समक्ष बताएको एकजना कानुन व्यवसायीले पब्लिक कुरासँग बताए । ति कानुन व्यसायीका अनुसार, ताराबाट एक छोरीको जन्म भएपछि पुन सन्तान जन्माउन स्वास्थ्य समस्या हुन सक्ने अवस्था देखिएपछि ताराले नै अर्को विवाह गर्न आँफुलाई स्वीकारोक्ति दिएको दावी नेपालले गरेका थिए ।

पुरीबाट नेपालको दुई सन्तान जन्मेका छन् । २०७८ मा पहिलो सन्तान छोरी र २०८१ मा छोराको जन्म भएको हो । नेपाल बुटवलका बासिन्दा हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित