मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

औद्योगिक प्रदर्शनीको आज समापन, अन्तिम समयमा बढ्यो सहभागीको चाप

रुपन्देहीको बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी बिहीबार दिउँसो औपचारिक रुपमा समापन हुने भएको छ । पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नुभएकोमा समापनको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउनुहुने अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो । दिउँसो १ः१५ बजे हुने समापन समारोहमा प्रदर्शनी अवधिमा विभिन्न क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु गरिएको यो प्रदर्शनीमा नेपालमा मात्रै उत्पादन भएका वस्तुहरुको प्रदर्शनी तथा विक्री गरिएको थियो । पाँच सय स्टलको तयारी गरिए पनि अन्तिम समयमा नेपालमा उत्पादन नभएका सामग्रीसमेत बेच्ने उदेश्यले स्टल दर्ता गरेका व्यवसायीलाई स्थान नदिइएको वरिष्ठ उपाध्यक्ष तथा स्टल दर्ता समितिका संयोजक जीवकान्त काफ्लेले बताउनुभयो ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन ख्यातीप्राप्त राष्ट्रिय तथा यस क्षेत्रका कलाकारहरु, लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु समेटिएको साँस्कृतिक समितिका सयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो ।

संघका उपाध्यक्ष, स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले प्रदर्शनी अन्तिम समयतिर धेरै अवलोकनकर्ताको घुइँचो लागेको जानकारी दिनुभयो । उपाध्यक्ष युवराज आचार्यका अनुसार प्रदर्शनीमा अवलोकनसँगै कारोबार पनि उस्तै बढेको छ । सुरक्षा उपसमिति संयोजक रहनुभएका उहाँले प्रदर्शनी अवधिभर कुनै अप्रिय घटना नभएको जानकारी दिनुभयो ।

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिष्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिएको सचिव अशोक कुँवरले बताउनुभयो ।

प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरुमा ३९ जिल्लाबाट सहभागिता रहेको र यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएकोमा अन्तिम दिनसम्म त्यो लक्ष्यमा पुग्न सकिने अपेक्षा राखेको कोषाध्यक्ष विशाल वेलबासे जानकारी दिनुभयो । प्रदर्शनीको प्रचार प्रसार संयोजक ई. किरण खरेलले प्रदर्शनीमा भएका सबै गतिविधिलाई प्रविधिमार्फत विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरुबाट सार्वजनिक गरिरहेको जानकारी दिनुभयो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित