मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवल सडक खाना महोत्सव: ५५ स्टलमा सय बढी परिकार

बुटवलमा तीन दिने सडक खाना महोत्सव मंगलबारदेखि सुरु भएको छ।

बिहीबारसम्म चल्ने महोत्सव होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सुरु भएको हो।

नेपाली मौलिक कला संस्कृति, स्वाद र पहिचानको सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सृजना हाम्रो अभियान, सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले बताए ।

उनले खाना महोत्सवले पर्यटन प्रवर्द्धन मात्र नभई नेपाली कला संस्कृति एवं खानपानका परिकारको प्रचारप्रसार र बजारीकरण हुने बताए ।

यस वर्ष महोत्सव स्थलमा फरकपन र नयाँ शैलीबाट सवारी आवागमनमा कुनै असर नपर्ने गरी स्टल निर्माण गरिएको उनले बताए । ‘बुटवलले पस्किने नयाँ खानाका स्वाद र परिकार नै महोत्सवको विशेषता हो,’ उनले भने, ‘सडकमै १ सय बढी परिकारको स्वाद लिन पाइनेछ ।’ महोत्सवमा विभिन्न प्रकृतिका ५५ वटा स्टल रहने उनले बताए ।

महोत्सवमा विभिन्न समुदायका मौलिक परिकारका स्टल राखिएका छन् । थारुका २, नेवारी ७, मगर समुदायसहितका स्टल रहने छन्। महोत्सव व्यवस्थापनका लागि करिब ३० लाख खर्च हुने आयोजकको अनुमान छ।

महोत्सवमा सुरक्षा व्यवस्थापनका लागि सिसिटिभी एवं सेक्युरिटी कम्पनीबाट सुरक्षा व्यवस्थापन मिलाइएको छ ।

तीन दिने सडक खाना महोत्सवमा साँझ ६ देखि राति ११ बजेसम्म सडकमै खानाका परिकार पाइनेछन् । संघले २०७५ देखि सडक खाना महोत्सव गर्दै आएको छ।

यस वर्षको खाना महोत्सवमा २ लाख बढी दर्शकले अवलोकन गर्ने २ करोड बढीको कारोबार हुने आयोजकको अनुमान छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित