तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी इन्टिग्रेटेड एकेडेमी तिलोत्तमाकाे दोस्रो वार्षिक उत्वस

लुम्बिनी इन्टिग्रेटेड एकेडेमी तिलोत्तमा रूपन्देहीले आफ्नो दोस्रो वार्षिक उत्वस आइतबार सम्पन्न गरेको छ । वार्षिकउत्सवको अवसरमा एकेडेमीले नेपालको उच्च शिक्षामा चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नीति अनुसन्धान प्रतिष्ठान कार्यकारी अध्यक्ष प्रो डा.लेखनाथ शर्मा कार्यपत्र प्रस्तुत गर्दै विश्वविद्यालयको अवधारणामा परिवर्तन आएको बताए ।

उनले भने, ‘अहिले हामीले जे पढाइरहेका छौं त्यो आउँदा दिनको लागि उपयुक्त नहुने खतरा हुने डर छ । अब विश्वविद्यालय सुधार्न राज्यदेखि समाजसम्मको भूमिका चाहिन्छ ।’

कार्यक्रममा क्यानन स्कूलका प्राचार्य शंकर भण्डारी देशमा कलेज बढे पनि विद्यार्थीको संख्या घट्दो रहेको बताए ।

कार्यपत्रमाथि वन तथा वातावरण विज्ञ दामोदर शर्मा, रिडर बुटवल बहुमुखी क्याम्पस मेघराज शर्मा, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरी, बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. प्रकाश शर्मा, लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक रोम शर्मा, सिद्धार्थ इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख रामप्रसाद खरेल प्राध्यापक, आनन्दमान शाक्य, शिक्षाविद्, माधव पौडेल, अधिवक्ता गोविन्द मरासिनी, लिलाराम न्यौपाने माविका प्राचार्य, रुपकुमार रायमाझीले कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालको उच्च शिक्षामा लगानी बढेपनि देशबाहिर बैदेशिक शिक्षाका लागि लगानी बढेको बताएका थिए ।IMG_2392.jpeg

एकेडेमीका डाइरेक्टर पुरन केसीको अध्यक्षता, डाइरेक्टर सन्दिप कसौधनको स्वागत तथा संयोजक रामचन्द्र श्रेष्ठको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।

लुम्बिनी इन्टिग्रेटेड एकेडेमी लुम्बिनी प्रदेशमा बि.एस्सी.फरेष्ट्री अध्यापन गर्ने एकमात्र कलेज रहेको प्रमुख प्रसासकिय अधिकृत प्रकाश अधिकारीले जानकारी दिए ।

एकेडेमीमा पूर्वाञ्चल विश्वविद्यालयको बी.ए.एल.एल.बी.पनि अध्यापन हुन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित