तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मैनाबगरको अटोभिलेज अझै ब्यवस्थित हुदैछ : नगरप्रमुख पाण्डेय

बुटवल अटो इन्जिनियरको ३० औं साधारणसभा 

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल मैनाबगरमा रहेको अटोभिलेज ब्यवस्थित हुँदै जाने प्रतिबद्धता ब्यक्त गरेका छन। धुलो हिलो हुने मैनाबगर अहिले पक्की बाटो तथा ढल ब्यवस्थापन भएको बताउदै उनले अझै  ब्यवसायीका माग अनुसारका काम गर्दै अझै ब्यवथित हुने बताए।

बुटवल  अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीको ३० औं साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पाण्डेयले बुटवलका बुटवलमा कुनैपनि व्यवसायिक संस्था बिस्थापित हुन नहुने प्रतिबद्धता जनाए।

उनले पोखराका अटो ब्यवसायीहरु बिस्थापित हुन लागेको सुन्दा निकै नरमाइलो लागेको बताउदै व्यवसायी जन्माउन धेरै वर्ष लागेको भन्दै व्यवासायीलाई बिस्थापित नगरी बैकल्पिक मार्ग प्रशस्त गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष प्रेम गौचनले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अतोभिले अझै बिस्तारका सन्दर्भमा सेटलाईट अटोभिलेज निर्माणको कुरालाई जोड दिएका थिए। उनले अवैध चोरी नियन्त्रणको माग समेत गरे।

नेपाल अटोमेकानिक्स ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष गोपाल भट्टराईले सबै जिल्ला संघमा अटोभिलेज निर्माणमा पहल गर्ने बताए। उनले सबैको गण्डकी अटो मेकानिकल एक्स एशिसियसन पोखराका अध्यक्ष बिष्नु अधिकारीले मेकानिक्स व्यवसाय पछिल्लो समय मेकानिक्स व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टक प्रसाद गैरेले व्यवसायीको हकहित र मर्यादा कायम राख्दै नयाँ प्रविधि र सीपलाईअगाडि बढाउनुपर्ने बताए ।

पुर्व अध्यक्ष ज्योति भण्डारीले मैनाबगर अटोका  व्यवसायी र मजदुरका समस्यालाई समाधान गर्न सकेमा नमुना अटो भिलेज बन्न सक्ने बताए ।
संघका सल्लाहकार तथा चेम्बर अफ कमर्शका अध्यक्ष टंकप्रसाद पोख्रेलले अबको युवापुस्ताले नयाँ प्रविधिसंगै  सीपमा दक्षता हासिल गर्नुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष प्रेम गौचनले अध्यक्षको बार्सिक प्रतिवेदन, महासचिव पुनित पोख्रेलले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष नमराज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

सो अवसरमा  जेष्ठ सदस्यबाट मोहनलाल पान्डेय,अनुशासित ब्यवसायीबाट टेक बहादुर सिजाली, प्रतिष्ठान सरसफाईबाट दिपेश घिमिरे, सीप क्षमता बिस्तारबाट मोहन सुनुवार र महिला ब्यवसायीबाट रतनमाया चौधरीलाई सम्मान समेत गरिएको थियो।

संघका उद्योग उपाध्यक्ष धुर्वराज भुसालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन महासचिव पुनित पोख्रेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित