तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने

बुटवल – क्यानन माध्यमिक विद्यालयले बुटवलमा ऐच्छिक कक्षाका रुपमा चिनियाँ भाषाको पढाई सुरु गरेको छ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको र चिनले विश्वमा प्रविधि र व्यापारमा बढाएको प्रभावलाई बुझ्न प्रेरित गर्ने उदेश्यले चिनियाँ भाषाको कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ ।

बुटवलबाट नजिकै बुद्धजन्मस्थल लुम्बिनी रहनु र भाषाले ज्ञानको दायरालाई फराकिलो बनाउने भएकाले इच्छुक विद्यार्थीहरुलाई ऐच्छिक रुपमा चिनियाँ कक्षा सुरु गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । उनका अनुसार कक्षा ४, ५, ६ र ७ का विद्यार्थीलाई ऐच्छिक रुपमा भाषा कक्षा सुरु गरिएको हो । क्याननले गत सातादेखि भाषा कक्षा सुरु गरेको हो ।

विद्यालयमा किताबी ज्ञानसँगै विश्वसँग प्रतिस्पर्धा गर्नका लागि कुनै पनि शुल्क नलिएर चिनियाँ भाषाको कक्षा थालनी गरिएको प्राचार्य भण्डारीले बताए । उनले चिनियाँसँगै निकट भविष्यमा संस्कृत भाषाको समेत पढाई गरिने बताए । उनले पछिल्लो समय क्याननले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै अतिरिक्त सिकाईमा प्रोत्साहन गर्ने नीति लिएको बताए ।‘विद्यालयबाटै विद्यार्थीले आफूलाई चिन्न सक्नुपर्छ, त्यसका लागि विद्यालयले अभिरुची जगाइदिनुपर्छ, त्यो काम गर्ने प्रयास गरेका छौं’ प्राचार्य भण्डारीले भने ।

क्याननले नै विद्यालय तहका विद्यार्थीहरुलाई चिनियाँ भाषाको कक्षा सुरु गर्ने पहिलो विद्यालय बनेको छ । नेपालको छिमेकी देश समेत भएकाले चिनको भाषा सिक्दा त्यसले प्रविधि, ज्ञान सिप र संस्कृती बुझ्न सहजता थप्ने विश्वास गरिएको छ ।

सिकाईको दायरा फराकिलो बनाउन अतिरिक्त क्रियाकलापका साथै रचनात्मक कार्यक्रमहरुलाई बढाउँदै लगिएको विद्यालयका सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित