लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने

बुटवल । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिता पुसको १० गतेदेखि हुने भएको छ । प्रतियोगितामार्फत ब्याडमिन्टल खेल र खेलाडीको विकासमा योगदान दिदै आएको आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक सेन्टरको आयोजनामा पुस ११, ११ र १२ गते तीन दिने प्रतियोगिता हुने भएको हो ।
आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा हुने मेन्स सिङ्गल, मेन्स डबल्स र भेट्रान्स (४५ वर्षमाथि) र सुपर भेट्रान्स (५५ वर्षमाथि) गरि ४ ईभेन्टको खेल संचालन हुने आशिष स्पोर्टसका संचालक आयुषकृष्ण श्रेष्ठले बताए । युवा देखी भेट्रान्स उमेर समुहलाई समेटेर प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । प्रतियोगितामा मेन्स सिगलमा प्रथम टिमलाई १५ हजार, द्वितीयलाई ८ हजार र तृतीय टिमलाई ५ हजार रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्वितिय टिमले २० हजार र तृतीय टिमले १५ हजार रूपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् । भेट्रान्स (४५ वर्ष माथि) प्रथम टिमले २२ हजार, द्वितीय १५ हजार र तृतीय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्र एवं सुपर भेट्रान्स (५५ वर्ष माथि) को विजेताले नगद १५ हजार, द्धितियले ८ हजार र तृतियले नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
सिगलमा १ हजार पाच सय, डबल्समा दुई हजार पाच सय, भेटान्समा २ हजार २ सय ५० र सुपर भेट्रान्समा २ हजार रुपैया दर्ता शुल्क तोकिएको उनले बताए । प्रतियोगिताको प्रत्येक सहभागी खेलाडीहरुलाई टिसर्ट र मायाको चिनो तथा अन्तिम आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने ब्यवस्था गरिएको छ । प्रतियोगिताको पाँच जना उदयमान, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने छ । सबै विधामा गरि १४० टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित