बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने                
समाचार :

तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू

बुटवल । बुटवलको तिनाउ नदीमा अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ । सडक विभागको वैदेशिक सहायता महाशाखाले शुक्रबार पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै योजनालाई अगाडि बढाएको हो । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी र तिनाउ नदीमा ‘सिग्नेचर’ पुल निर्माण गर्ने घोषणा गरेको थियो । नारायणीमा निर्माण सुरू भइसकेको छ भने तिनाउमा टेन्डर प्रक्रिया अघि बढेको विभागले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रमा सवारी चाप अत्यधिक बढेपछि नयाँ पुल निर्माण आवश्यक देखिएको हो । अहिलेको पुललाई यथावत राखेर उत्तर र दक्षिणतिर २–२ लेनका गरी थप दुई नयाँ पुल बन्नेछन् । २६६ मिटर लामो पुल निर्माणमा करिब २ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । ठेक्काको दुई महिनाको समय राखिएको छ ।

तिनाउ पश्चिम–बुटवल–गोरूसिङ्गे सडक चार र छ लेनमा विस्तार भइरहेकाले भविष्यमा सवारी व्यवस्थापन सहज हुने र जीतगढी किल्ला क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ । पुल निर्माण हुँदा आवागमनमा असहज हुने अवस्था आए पनि पुल निर्माणको तलमाथि गरी ३ वटा वैकल्पिक पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।


आयोजनाका निर्देशक सुरेश पौडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा बन्ने पुल आकर्षक र पर्यटनमैत्री हुने गरी डिजाइन गरिएको छ । उनले भने, ‘अहिलेको पुल यथावत राखेर तलमाथि एकएक वटा नयाँ पुल बनाइनेछ । यो क्षेत्रको पर्यटन र सौन्दर्य बढाउने लक्ष्य छ ।’ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन वा ड्याममार्फत तिनाउको जलसतह बढाउने सम्भावना अध्ययन भइरहेको बताउँदै जीतगढी किल्लासँगै पुलले महत्वपूर्ण पर्यटन सम्भावना बोकेको उल्लेख गरे । उनका अनुसार बुटवल–पश्चिम क्षेत्रका लागि यो योजना खुसीको विषय हो ।

‘कार्यान्वयन गुणस्तरीय रूपमा पूरा होस् भन्ने अपेक्षा छ, त्यसका लागि सबैको निगरानी पनि आवश्यक छ,’ उनले भने । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्रका अनुसार सिग्नेचर पुल हेर्दै आकर्षक र कलात्मक हुने भएकाले अन्य परम्परागत पुलभन्दा फरक खालको संरचना हुनेछ । तिनाउ पुलका लागि चिनियाँ, भारतीय, स्विस र नेपाली विशेषज्ञहरूको परामर्शमा आर्किटेक्चर तथा स्ट्रक्चर डिजाइन तयार भइसकेको छ ।

हाल प्रयोगमा रहेको तिनाउ पुल वि.सं. २०३८ मा बनेको हो । पुरानो र साँघुरो भइसकेका कारण नेपाली तथा विदेशी इन्जिनियरहरूको संयोजनमा आधुनिक पुलको डिजाइन तयार गरिएको हो । विश्व बैंकको सहयोगमा निर्माण हुने पुलको आर्किटेक्ट डिजाइन भारतको अन्तर्राष्ट्रिय कम्पनी ‘टोटल सिनर्जी कन्सल्टिङ’ ले तयार पारेको छ भने स्ट्रक्चर डिजाइन स्वीस सरकारको स्वीस डेभलपमेन्ट को–अपरेसनले गरेको हो । विश्वका धेरै शहरहरूमा नदीमाथि आधुनिक र आकर्षक पुलका रूपमा सिग्नेचर ब्रिज लोकप्रिय मानिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित