भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै

बुटवल । बुटवलको न्यू होराइजन आवासीय अँग्रेजी माध्यमिक विद्यालयले आगामी शुक्रबारदेखि ३२ औँ संस्करणको लुम्बिनी प्रदेश स्तरीय न्यू होराइजन क्वीज सञ्चालन गर्ने भएको छ । विगत ३२ वर्ष लामो समयदेखि प्रतियोगिता गर्दै आएको यस विद्यालयले यस वर्षको क्वीजमा पहिलो चरणको प्रतिस्पर्धा यही मंसिर २८ गते शुक्रबारदेखि सुरु गर्दैछ ।

प्रतियोगिता बारे जानकारी गराउन विद्यले मँगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्राचार्य लोकनाथ उपाध्यायले यस वर्ष सहभागीको सङ्ख्या थप बढ्ने दाबी गरेका छन् । गत वर्ष लुम्बिनी प्रदेशभरीका विभिन्न विद्यालयबाट १८६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए भने यो वर्ष उक्त सङ्ख्या २ सय जना बढी हुने अपेक्षा गरे । प्रतियोगितामा लुम्बिनी प्रदेशका विद्यालयहरुलाई लक्षित गरि ३ ठाउँमा पहिलो चरणको प्रतिस्पर्धा गराई छनोट भएका विद्यालयबाट फाइनल प्रतिस्पर्धा गराइने प्राचार्य उपाध्यायले जानकारी दिए । जस अन्तरगत दाङ, रोल्पा, बाँके, बर्दिया, पूर्वी रुकुम र प्युठान जिल्लाका विद्यालयलाई लक्षित गरी दाङको लमहीमा प्रतियोगिता गराइने भएको छ । यसैगरी पाल्पा, गुल्मी र अर्घाखाँचीलाई लक्षित पाल्पाको न्यू होराइजन माविमा तथा रूपन्देही, नवलपरासी र कपिलवस्त जिल्लालाई लक्षित गरि बुटवलको न्यू होराइजन मावि देवीनगरमा पहिलो चरणको प्रतिस्पर्धा गराइने विद्यालयले जनाएको छ ।

पहिलो चरणको प्रतियोगितामा विजेता र उपविजेता हुने विद्यालय फाइनल प्रतिस्पर्धाका लागि छनोट हुने छन् । यसरी छनोट भएका विद्यालयहरु बीच आगामी मंसिर १३ गते शनिबार बुटवलको न्यू होराईजन मावि देविनगरमा प्रतिस्पर्धा गराइने विद्यालयले जनाएको छ । प्रतियोगितामा फाइनल प्रतिस्पर्धाबाट विजेताले नगद ४० हजार पुरस्कार राशी प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार तथम तृतीय हुने विद्यालयले नगद २० हजार पुरस्कार राशी प्राप्त गर्ने बताइएको छ ।

यसैगरी पहिलो चरणको प्रतियोगसतामा विजेता बनेका विद्यालयहरुलाई समेत नगद पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ । जस अन्तरगत विजेता, उपविजेता र तृतीय हुने समुहलाई क्रमशः ९ हजार, ६ हजार तथा ४ हजार ५ सय पुरस्कार राशी प्रदान गरिने बताइएको छ । विद्यालयले यश प्रतियोगितालाई निरन्तरता दिँदै आगामी वर्षहरुमा राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखेको विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुले बताए । प्रतियोगितालाई निस्पक्ष बनाउन आयोजक विद्यालयको सहभागिता नरहे व्यवस्था हुँदै आएको उनले बताए । गत वर्षको ३१ औँ श्रृङ्खलामा बुटवलको एभरेष्ट ईङ्गलिस बोर्डिङ स्कूल प्रथम, दाङ तुल्सिपुरको अमर बोर्डिङ स्कुल द्वितीय तथा पाल्पाको जनता मावि तृतीय हुन सफल भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित