रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

फुलबारीमा ५ लाख बढिले गरे अवलोकन

बुटवल । बुटवलको मणिमुकुन्द उद्यान सेन (फुलबारी)मा गएको आर्थिक बर्षमा ५ लाख बढिले अवलोकन गरेका छन् । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव प्रसाद नेपालले गएको आर्थिक बर्षमा ५ लाख ४७ हजार १९९ जनाले फुलबारीको अवलोकन गरेको बताए । जस मध्ये भारतिय पर्यटकहरु मात्र ७४ हजार ५९२ जना रहेको उनले बताए ।
त्यस्तै २६ हजार ३७० विद्यार्थी, समुहगत भ्रमणमा ४३ हजार ३२५, साधारण ३ लाख ७८ हजार ६ जना र अन्य २२ हजार ९०६ जनाले फुलबारी अवलोकन गरेका छन् ।
अध्यक्ष नेपालले मणिमुकुन्द सेन सूचना केन्द्र स्थापनाका लागि प्रदेश सरकार संग प्रस्ताव पेश गरेको र आधुनिक एवं व्यवस्थित चमेना गृह निर्माणका लागि नक्सा डिजाईनको चरणमा रहेको बताए । उनले एक्युरिय र सिस महल निर्माण, जिप लाईन निर्माण, स्तनपान कक्ष निर्माण, मुना मदन बाटिक व्यवस्थापन र हरित टनेल व्यवस्थापनको कामहरु भइरहेको बताए ।
उद्यानमा हाल ३६ जनाले प्रत्यक्ष रोजगारी, ७० जनाले परोक्ष रोजगारी पाएका छन् । पाल्पाली राजा रुद्रसेन द्धितिय द्वारा १५ औं शताव्दीमा आधार राखिएको यस क्षेत्रमा शीतकालिन दरबार तथा प्रशासनिक केन्द्र रहेको ऐतिहासिक तथ्यमा उल्लेख छ ।
विशेषत १८७२ साल बैशाख ७ गते भएको नेपाल अंग्रेज युद्धका घटना संग जोडिएको दरबारको भग्नावशेष राष्ट्रिय इतिहासको गहन अध्यायन मणिमुकुन्द उद्यान हो । यस कारण उद्यान केवल घुमफिर गर्ने ठाउं मात्र नभई अध्यायन, चिन्तन र आत्मिक अनुभुतिको पवित्र स्थल रहेको अध्यक्ष नेपालले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित