युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा आउदो १५ मंसिरसम्म आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।

तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना महोत्सव हुन लागेको हो । स्वदेशी उत्पादनको प्रबद्र्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा स्वदेशी तथा विदेशी उद्योगबाट उत्पादित सामानका विभिन्न प्रकृतिका ३०० भन्दा बढी संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।

अहिलेसम्म १५० वटा बुक भइसकेका छन ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी तिब्र पारिएको जिएमले बताए ।

फिस टनेल, जल परी, लन्डन ब्रिज आकर्षका रुपमा रहनुका साथै विभिन्न विधाका प्रतियोगिताहरु राखिने मेलामा करिब ५ लाख दर्शक/उपभोक्ता भित्राएर २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले मुलुकको आर्थिक अवस्था खस्कँदै गएको र मुलुक परनिर्भर बन्दै गएको अवस्थामा स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि टेवा पुर्‍याउन मेला आयोजना गरिएको बताए । मेलामा वृद्धवृद्धालाई निःशुल्क, विद्यार्थीलाई छुटको व्यवस्था समेत गरिएको छ । मेला मंसिर ३० गतेसम्म चल्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित