तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

विस्तारको क्रममा रहेको बुटवल-नारायणगढको दाउन्ने खण्ड अबको दुई महिना एकतर्फी मात्रै सञ्चालन हुने भएको छ ।

केही दिन अघिको पानीले दाउन्ने क्षेत्रमा हिलोले गाडी चिप्लिएर यातायात आवागमनमा कठिनाइ भएपछि ​सडक विभागले अत्यन्त जरुरी सूचना गर्दै आगामी २ महिना सडक एकतर्फी सञ्चालन हुने जानकारी दिएको हो ।​

‘…आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको छ । तसर्थ, उक्त कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना (अर्थात् २०८२ पुष १५ सम्म) यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

सडकको विकल्पमा बुटवल स्याङजा, पोखरा, काठमाडौं, त्यस्तैगरी बुटवल पाल्पा हुँदै कालीगण्डकी करिरोडबाट नारायणगढ र दुई र चारपाङ्ग्रे साना गाडी दुम्कीबास, ज्यामिरेडाडा, डमार हुँदै भुताहा प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

null

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित