जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु

बुटवल । रुपन्देहीको बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार एक पुरुषको रहस्यमय मृत्यु भएको छ । एक महिलासहित होटल पुगेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षका सतिशकुमार क्षेत्रीको रहस्यमय मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–९ स्थित होटलमा शनिबार दिउँसो एक जोडी दुई बच्चासहित बसेका थिए । प्रहरीका अनुसार क्षेत्रीले होटलको दोस्रो र तेस्रो तलामा दुई वटा कोठा बुकिङ गरेका थिए । क्षेत्री बेहोस भएको भन्दै उनीसँगै होटल पुगेकी महिलाले जानकारी गराएकी थिइन् । उनलाई तत्काल एम्बुलेन्समा राखेर लुम्बिनी प्रादेशिक अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ ।

बाहिरी चोटपटक केही नभएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले जानकारी दिए । ‘दुई बच्चासहित बुटवल–२ पाखापानीकी ३० वर्षकी सुनार थरकी महिला र ति पुरुष होटलमा बसेको खुलेको छ,’ उनले भने, ‘बाहिरी चोटपटक छैन, मृत्युको कारण खुल्न सकेको छैन ।’ माथिल्लो तलाको कोठामा सँगै बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरूको तल्लो तलाको कोठामा बसेको खुलेको छ । *

होटलका सञ्चालक शेरबहादुर रेस्मी मगर हुन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष माधवप्रसाद खनालले घटनाबारे जानकारी पाएपछि आफू होटलमा पुगेको भए पनि मृत्युको कारण नखुलेको बताए ।

* समाचारमा रहेका केहि बुँदा हटाईएको छ ।

मेचीकाली न्यूज बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित