मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा लालपूर्जा वितरण गरिएको छ ।

आइतबार वडा नम्बर ६ अन्तर्गत रहेका गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

‘गाउँ ब्लक जग्गाको प्रमाणपूर्जा जनतासँग नहुँदा निकै नै समस्या थियो,’उनले भने–‘हामी नागरिकलाई लालपूर्जा वितरण गर्न लागिपर्यौं र आज यो कार्यमा सफल भएका महसुस गरेका छौँ ।’

उनले अन्य कामसँगै आफ्नो जग्गाको मालिक जनता आफै बनाउनुलाई प्राथमिकतामा राखेर काम गरेको जनाए ।

अध्यक्ष यादवले जनताको हातमा लालपूर्जा देख्दा निकै नै खुसी लागेको बताए। गत वर्ष रोहिणी–३ मा आयोजित समारोहमा ४५० वटा लालपूर्जा वितरण गरिएको उनले जानकारी दिए ।

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने दिनलाई आफूले आफ्नो भाग्यको दिनको रुपमा समेत लिएको बताए । उनले बाँकी वडामा पनि पूर्जा वितरण गरिने बताए ।

गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजनले लालपूर्जा वितरण आफैमा महत्त्वपूर्ण कार्य भएको बताइन् । स्थानीय देवेन्द्र पाण्डे ‘सागर’ ले कानूनी रुपमा नागरिक अब जग्गाको मालिक बनेपछि खुसी लागेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित