मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज रातिदेखि बुधबार बिहानसम्म देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आगामी ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै बुधबार बिहानसम्म विशेषगरी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

मौसम प्रणालीको प्रभावले आज रातीदेखि १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भाग एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।

सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जन-जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ ।

यतिबेला किसानहरुकाे धान काटेर भित्र्याउने बेला भएकाले महाशाखाले सचेत हुन आग्रह गरेकाे हाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित