६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ ।
भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । ‘थाई एयरले २६ अक्टोबरदेखि हप्ताको दुई उडान गर्ने गरी अनुमति लिइसकेको छ, जजिरा लगायत अन्य कम्पनिहरू पनि पाइपलाइनमा छन्’, वितारीले भने, ‘जजिराको हकमा कन्ट्री डाइरेक्टर र विमानस्थलसँग समन्वय भइरहेको छ ।’
जजिराले तिहार पछि उडान शुरु गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा गत अप्रिलमा भैरहवाबाट चारवटा विदेशी विमान कम्पनीले उडान गरेका थिए । एक महिनासम्म विमानस्थलबाट सातामा २० वटा सम्म उडान भएका थिए ।
गत अप्रिलदेखि बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडान अघिको ५ महिनामा २ सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेका थिए । त्यसयता केही चार्टर उडानहरु मात्रै भएका छन् ।










