बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

भैरहवामा अलपत्र यात्रुलाई काठमाडौं ल्याउन नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइट आज

अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत काठमाडौं लगिने भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको १५८ सिटे जहाज राति ९ बजे भैरहवाबाट काठमाडौंका लागि उड्ने छ।​

प्रजिअ पाण्डेले भने, ‘अविरल वर्षाका कारण धेरै यात्रुहरू अलपत्र परिरहेका छन्, एक हजार यात्रु अहिले पनि हिजोदेखि भैरहवाको गल्लामन्डीस्थित हनुमान मन्दिरमा छन् ।’

त्यस्तै संख्यामा अरू यात्रु बेलहिया, बुटवलमा रहेका उनले जानकारी दिए । ‘सडक सुचारु छैन, एयरलाइन्समा टिकट पाउन मुश्किल छ, यसैले हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलाइन्सको चार्टर फ्लाइटमार्फत उद्धार थालेका हौं,’ उनले भने ।​

विपद्‌को समयमा जनतालाई सेवा दिनेगरी नेपाल एयरलाइन्सले भैरहवा-काठमाडौं चार्टर उडान गर्ने भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित