तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन अपिल

जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सबैमा अपिल गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारीगरी १७ गतेदेखि २० गतेसम्म मुलुकको विभिन्न भागसहित गण्डकी प्रदेशको नवलपुरमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अपिल गरेको हो ।

भारी वर्षाका कारण उत्पन्न हुनसक्ने डुवान, बाढी, पहिरो, भुक्षय लगायतका विपद्जन्य जोखिम हुने, हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै सकर्कता अपनाउन र पूर्वतयारीमा ध्यान दिन भनेको छ ।

प्रशासनले यो अवधिमा अत्यन्त जरुरी काम नपरी घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न, पहिरोको उच्च जोखिम रहेका स्थानहरु, नदी किनारमा नबस्न तथा  जोखिमपूर्ण स्थानका वासिन्दाले आपतकालीन सामग्री र झटपट झोला तयारी अवस्थामा राख्न भनेको छ ।

त्यस्तै, सवारी साधनलाई संयम भएर सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन आग्रह गर्दै भित्रि सडकहरु साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न निर्देशन दिइएको छ । यो अवधिमा जिल्लाको गैँडाकोटको कालिगण्डकी करिडोरदेखि डेढगाउँसम्म र दलदले–धौवादी–बुलिङटारको भित्रि सडक बन्द रहने प्रशासनले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड र कालिगण्डकी करिडोरको तरंगे खोला आसपास तुरुन्त परिचालन हुनेगरी डोजर, एक्जाभेटर तयारी अवस्थामा राख्न र पूर्व तयारीमा जुट्न पनि प्रशासनले सबैसित अपिल गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित