मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

धानबाली जोगाउन खोज्दा गयो ज्यान

बर्दियामा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिका-९ शिवपुर बस्ने ४२ वर्षीया सीता खत्रीको शनिबार राति आफ्नै खेतमा लगाएको धानबाली जोगाउन खोज्दा हात्तीको आक्रमणमा परी ज्यान गएको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक क्षेत्रका अध्यक्ष हेमन्त आचार्यका अनुसार, शनिबार राति करिब ११ बजेतिर खेतमा धान खान आएको हात्तीलाई धपाउन गएकी खत्रीलाई हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा जंगली जनावर, विशेषगरी हात्ती र बाघको आक्रमणका घटनाहरू बारम्बार हुने गरेका छन्।

पाकेको धानबाली जोगाउन स्थानीय बासिन्दाहरू रातभर जाग्राम बस्न बाध्य छन्, जसले गर्दा मानव-वन्यजन्तु द्वन्द्व बढ्दो छ। घटनापछि स्थानीय त्रसित बनेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित