युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

लुम्बिनी प्रदेश निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा दाङस्थित प्रदेश राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ। निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरलाई हरियालीमय र आकर्षक बनाउन सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवा रोपिएका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपणले दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले लगाइएका बिरुवाको संरक्षण र हेरचाहमा जोड दिँदै भने, “निजामती सेवा दिवसमा वृक्षारोपणमा सहभागी हुन पाउँदा खुशी लागेको छ। वातावरणीय सन्तुलन, अक्सिजन उत्पादन र शीतलता प्रदान गर्न बोटबिरुवाको भूमिका अतुलनीय छ।”
प्रदेश प्रमुख सचिव बावुराम अधिकारीले पनि वृक्षारोपणलाई दीर्घकालीन महत्व भएको कार्य भन्दै संरक्षणमा सबैको सरोकार रहने बताए। “वृक्षारोपण आफैंमा पवित्र काम हो। रोपिएका बिरुवाले भविष्यमा फलफूल, फूल, शीतलता मात्र होइन, चराचुरुङ्गीलाई वासस्थान पनि दिन्छन्,” उनले भने।
कार्यक्रमको संयोजन वन तथा वातावरण मन्त्रालयले गरेको थियो। मन्त्रालयका सचिव प्रमोद भट्टराईका अनुसार परिसरमा सौन्दर्यपरक कल्की, पारिजात, राजवृक्ष, गुलमोहरसहित फलफूल प्रजातिका आँप, अम्बा, अमला र अन्य महत्त्वपूर्ण रक्तचन्दन, सतिसाललगायतका बिरुवा रोपिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित