बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

शिक्षा विधेयक सच्चाउन माग गर्दै सडकमा स्कुल बस र्याली

विद्यालय शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालय संचालकहरुले सोमबार देशैभरी सडकमा कालो झण्डा सहित स्कुल बसको र्याली निकालेर विरोध जनाएका छन् ।

उनीहरुले विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै विगत एक महिना देखि आन्दोलनमा छन् ।

आन्दोलनकै कार्यक्रम अन्तरगत सोमबार उनीहरुले देशैभरीका सडकमा स्कुल बस ¥याली निकालेर बिरोध प्रदर्शन गरेका हुन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएलगायतका निजी शैक्षिक संस्थाका संगठनहरुले संयुक्त रुपमा ¥याली निकालेका हुन् ।

सोही कार्यक्रम अन्तरगत रुपन्देहीका विभिन्न स्थानमा निजी विद्यालय संचालकहरुले सडकमा बस र बसमा कालो झण्डा राखेर सरकारको विरोध प्रदर्शन गरेका थिए । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिदै आइ रहेका छन् ।

आफ्ना माग पुरा नभए विभिन्न समयमा विभिन्न खाले आन्दोलन र संघर्षका कार्यक्रम जारी राख्ने आन्दोलन परिचालन समिति रुपन्देहीका सदस्य तथा हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानेले बताए । शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द नहटाएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने उनले बताए ।

सरकारले शिक्षा विधेयकमा भएका र सच्चाउन भनेका बुदाहरु नसच्चाएमा आन्दोलनका कार्यक्रम जारी राख्ने एन प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले बताए । केन्द्रीय सर्कुलर अनुसार नै रुपन्देहीमा पनि कार्यक्रमहरु भई रहेको र निरन्तर हुने प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित