सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

रास्वपाले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपाले आइतबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै कार्यवहाक सभापति डीपी अर्यालले प्राइमरीबाट डा. थापा छानिएको बताए ।

रास्वपाले प्राइमरीबाट डा. थापा उम्मेदवार छनोट गरेको हो । जसमा निर्वाचन क्षेत्रका स्थानीय तह, जिल्ला र केन्द्रका नेताहरुले मत हालेका थिए । प्राइमरीमा जनामा ९ जना सहभागी भएका थिए ।

उपनिर्वाचनका लागि थापासहित पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पुनमकुमारी अग्रवाल, सुलभ खरेल, कुसुम महर्जन र रचना क्षेत्री आकांक्षी थिए ।

कार्यवहाक अध्यक्ष अर्यालले दक्षिण एशियामै पहिलो पटक अभ्यास भएको दावी गरे । राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको रुपन्देही ३ मा आगामी कातिक १७ गते उपनिर्वाचन हुँदैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित