सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

निष्ठा बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारणसभाः कुल पुँजी २७ करोड पुग्यो

बुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४,५,६ र ७ तथा शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको सो सहकारीको १६ औँ साधारणसभा शनिबार सम्पन्न भएको हो ।

साधारणसभामा बोल्दै नेपाल बचत तथा सहकारी संघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीले अनुपात्पादक क्षेत्रमा लगानी गर्दा सहकारीमा समस्या देखिएको बताए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका सहकारीहरु समस्यामा नपरेको बताए ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष लालबहादुर बस्नेतले पछिल्लो समय केही सहकारीमा समस्या देखिए पनि निष्ठा बचत तथा ऋण सहकारीमा कुनै पनि समस्या नरहेको बताए । साथै उनले सहकारीमा निर्धक्क भएर बचत गर्नका लागिसमेत सबै बचत कर्ताहरुलाई आग्रह गरे । अध्यक्ष बस्नेतले सहकारीको कुल पुँजी करिब २७ करोड रहेको बताए ।

साधरणसभामा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपाल, रुपन्देही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त ढकाल, जिल्ला सहकारी संघका सञ्चालक हुमा भुर्तेल, सियारी सहकारी सञ्जालका अध्यक्ष सूर्यनारायण यादव, निष्ठा बचतका निवर्तमान अध्यक्ष गोपाल पोखरेल र संस्थापक इन्द्रप्रसाद तिवारी लगायतले बोल्दै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारीमा समस्या देखिएको बताए । अनुत्पादक क्षेत्रमा लगानी नगर्न सबै सहकारीहरुलाई आग्रह गरेका थिए ।

साधारणसभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ऋण उपसमितिका संयोजकले आफ्नो प्रतिवेदन पेश गरेका थिए । वि.स. २०६६ सालमा २८ जना शेयर सदस्यबाट १४ लाख चुक्ता पुँजी संकलन गरी सुरु गरेको सहकारीमा हाल ६६३ जना महिला र ४४६ जना पुरुष गरी ११०९ शेयर सदस्य रहेका छन् ।

यस्तै अहिले सहकारीको कुल पुँजी २७ करोड हाराहारी रहेको छ । निष्ठा बचत तथा ऋण सहकारीका अध्यक्ष लालबहादुर बस्नेतको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद पोखरेलको स्वागत मन्तव्य र व्यवस्थापक प्रेमबहादुर गोदारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित