रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्माण नगर्दा वर्षातमा यात्रुहरूले समस्या भोग्दै आएका छन् ।

सडक निर्माण सुरु भएको करिब तीन वर्षमा सो सडकखण्डमा २६ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मदनभण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर प्रभात तिवारीका अनुसार उक्त सडकमा ३३ महिनामा २६ प्रतिशत भौतिक र २३ प्रतिशत वित्तीय प्रगति भएको छ ।

गुल्मीको सिमलटारीबाट सौतामारे हुँदै प्यूठानको मच्छीसम्म ३१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा श्रेष्ठ‐सक्षम जेभीले लिएको थियो ।

वि.सं. २०७९ कात्तिक ५ गते एक अर्ब ४५ करोड ३३ हजार रुपैयाँमा ३१ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको थियो ।

लामो समयसम्म सडक निर्माणले गति नलिएको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए ।

नागरिक समाजले पनि पटक पटक गुनासो गरेपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको नेतृत्वमा स्थानीय तह र योजना कार्यालयको संयुक्त टोलीले उक्त सडकखण्डको हालै स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा कामको प्रगति र सडकको अवस्थाबारे जानकारी लिइएको छ ।

सडकको सबवेस, बेस र अस्फाल्ट प्रविधिबाट कालोपत्रलगायतका धेरै काम बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । मदनभण्डारी राजमार्ग योजना कार्यालयले निर्माण व्यवसायीलाई कामको गति बढाउन निरन्तर ताकेता गर्दै आएको जनाएको छ ।

लगातार काम गरेको खण्डमा २०८३ असार मसान्तसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य छ । निर्माण व्यवसायीको तर्फबाट इञ्जिनियर किसन शाहका अनुसार आर्थिक समस्याका कारण काममा ढिलाइ भएको हो ।

उनले पुस मसान्त र असार मसान्तमा कार्यालयबाट भुक्तानी पाउन ढिला भएका कारण काममा असर परेको बताए । काम गर्न म्याद थपको प्रक्रिया अघि बढेको र थपिएको म्यादभित्रै सम्पन्न गर्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित