तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

रविलाई एसी छैन, बरु बस्ने कोठामा झ्याल थुनिएको र पत्रपत्रिका नदिइएको पाइयोः मानव अधिकारी आयोग

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले भैरहवा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाट गरी कारगारको अवस्थाबारे जानकारी लिएको छ । सोमबार बिहान ११ बजे आयोगको टोली भैरहवास्थित जिल्ला कारागार आएको हो ।

कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लीली थापाले रुपन्देही कारागारमा कैदीबन्दीका लागि न्युनतम सेवासुविधा र कारागारमा हुनुपर्ने कुनै मापदण्डको पलना नगरिएको बताइन् । उनले भनिन्, ‘कैदीबन्दीहरु एकआपसमा कोचाकोच गरेर सुत्नुपरेको रहेछ, क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । पुराना भवन जीर्ण छ’, उनले भनिन् ।

यस्तै, थापाले लामिछानेलाई कारागार स्थानान्तरण गर्न रोकिएको सम्वन्धमा गम्भीर चासो व्यक्त गरिन् । ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो । यसबारे म काठमाडौं गएपछि आयोगको टीमसँग छलफल गरेर विस्तृत बाहिर ल्याउँछौं ।’

उनले यस विषयमा काठमाडौं गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन् । लामिछानेलाइ राखिएको ब्लकको झ्याल थुनेर र हिंडडुल गर्न नदिएर मानवअधिकार हनन् भएको उनले बताइन् । शौचालय पनि राम्रो नरहेको र बाहिर आएको जस्तो लामिछाने बस्ने ठाउँमा एसी, कुलर केही नभएको आयोग सदस्य थापाको भनाई छ । ‘दुईवटा पंखा छन्, बस्ने ठाउँ केही फराकिलो भए पनि शौचालय एकैठाउँमा छ, यो कुनै मापदण्ड होइन् ।’

लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देहीको भैरहवा कारागारमा थुनामा छन् । आयोगले सय दिनसम्म बन्दी कक्षबाट बाहिर हिंडडुल गर्न नदिएर लामिछानेमाथि मानवअधिकारको हनन गरिएको बताएको छ ।

सुरक्षाको कारण देखाएर लामिछानेलाई राखिएको कोठाको झ्याल थुनिएको आफूहरुलाई कारागार प्रशसनले जानकारी गराएको बताउँदै थापाले यसमा आपत्ति जनाइन् । कारागार व्यवस्थापनले झ्याल बन्द गरेर र लामिछानेलाई स्वच्छ हावामा हिंडडुल गर्न नदिएर न्युनतम मानव अधिकार हनन गरेको प्रतिक्रिया उनको छ ।

कारागार अनुगमन पछि सञ्चारकर्मीशीत कुरा गर्दै उनले भनिन्, ‘लामिछानेको कोठामा दुइटा पङ्खा छ । शौचालयको अवस्था नाजुक देखियो । साथै कारागारमा पत्रपत्रिका नआउने भएकाले पढ्ने सुविधा पनि भएको पाइएन ।’

आयोगकी सदस्य थापाको नेतृत्वको टीमले भैरहवास्थित कारगारमा लामिछानेलाई राखिएको ब्लक नम्बर ४ र अन्य कैदीबन्दीलाई राखिएको भवन अनुगमन गरेको हो । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई कारागार प्रशासनले उपलब्ध गराएका सेवा सुविधाबारे विभिन्न खबर सार्वजनिक भएपछि यथार्थ बुझ्न अनुगमन गरिएको आयोगले जनाएको छ । मानवअधिकार आयोग लुम्बिनीका प्रमुख हरि ज्ञवाली, इन्सेक जिल्ला प्रतिनिधि रीमा बीसी अनुगमन सहभागी थिए ।

लामिछानेलाई राखिएको ब्लकमा आयोग सदस्य थापाले लामिछानेसित भेट गरेकी हुन् । इन्सेन रुपन्देही प्रतिनिधि विसीले बाहिर आएको जस्तो सुविधै नभएको र अधिक सुविधा भएको भन्ने नरहेको जनाइन् । ‘तर, कारागारमा हुनुपर्ने न्युनतम मापदण्ड रविजी मात्रै होइन्, कुनै कैदीबन्दीले पनि पाउनु भएको छैन’, उनले भनिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित