भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

असोज २९ गते देखि उत्तरबाहिनीमा उत्तरगण्डकी महामेला, दामोदर–धर्मोत्सव हुँदै

बुटवल । आगामी असोज २९ गते देखि स्याङजाको गल्याङ–१ मालुंगा र पाल्पाको रम्भा–१ उत्तरबाहिनीमा उत्तरगण्डकी महामेला, दामोदर–धर्मोत्सव ०८२ हुने भएको छ ।
श्री कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा कार्तिक १९ गते सम्म धर्मोत्सवमा पांच अर्ब तुलसीदल, गाईको दुध र गण्डकी जलद्वारा सवालाख शालग्राम भवनको अभिषेक पुजन, धनधान्यचल महायज्ञ तथा लक्ष्यवती, चारबेद, अठार पुराण पाठ पारायण लगाएका कार्यक्रमहरु हुनेछ ।
प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्य कृष्णले यस धर्मोत्सवले लुम्बिनी र गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्ने बताए ।
रुपन्देहीको तिलोत्तमामा आयोजित तयारी भेलालाई सम्बोधन गर्दै उनले धर्मोत्सवमा दामोदर कथा, दिपदान तथा श्रङागरिक आरती, आशीर्बचन, हरिनाम संकीर्तन एवं माता पिता पुजन लगाएतका कार्यक्रमहरु गरिने बताए ।
धर्मोत्सवको अवधारणा प्रस्तुत गर्दै ज्योतिष जनार्दन न्यौपानेले धर्मोत्सवले स्थानिय कृषि उत्पादनको बजारिकणमा टेवा पुराउंदै घरेलु तथा साना उद्योगहरुको पनि बजारिकण हुने बताए । राजगारी प्रबद्र्धनको आधार तय हुनुको साथै महिलाहरुको रोजगारीमा बृद्धि पनि यस उत्तरगण्डकी महामेलाले हुने अपेक्षा लिएको उनंको भनाई छ ।
साथै उनले उत्तर गण्डकी क्षेत्रको प्रस्तावित गुरुयोजना अनुसार १ हजार व्यक्तिलाई आवास सुविधा हुने गरी धर्मशाला निमांण गर्ने, घाट व्यवस्थापन गर्ने १ हजार क्षमताको शभाहल निर्माण, पाठशाला, यज्ञशाला, गौशाला निर्माण गर्ने योजना रहेको बताए ।
त्यस्तै मुक्तिनाथ धामका स्वामि लोकानन्दले धर्मोत्सवले नेपालको धार्मिक पर्यटनको विकासमा नयां ईट्टा थप्ने बताए । कार्यक्रमका संयोजक रामप्रसाद बस्यालले सवैको सहयोगले मात्र धर्मोत्सव सफल हुनेभन्दै सवै जना महामेलामा सहभागि हुन अपिल गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित