तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मिरा कोषद्वारा गङ्गा आधारभूत विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

गुल्मी  । मिरा कोषले आज एक कार्यक्रमको आयोजना गर्दै गुल्मी दरबार गाउँपालिका–६ स्थित श्री गङ्गा आधारभूत विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्रीहरू हस्तान्तरण गरेको छ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा कोषका अध्यक्ष हेमलाल शर्माले विज्ञान शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले प्रयोगशालामा आवश्यक सामग्रीहरू माइक्रोस्कोप, म्युजियम स्पेसिस, स्लाइड्स लगायत अन्य सामग्रीहरु विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा विद्यालयका प्र.अ. इन्द्र थापा, गुल्मी दरबार गा.पा. वडा न:६ का वडा अध्यक्ष  मुकेश थापा, विद्यार्थीहरु तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मिरा कोषका अध्यक्ष शर्माले ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय विज्ञान शिक्षा दिन सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको बताएका थिए।

विद्यालयका प्रधानाध्यापकले विज्ञान शिक्षाको सुधारमा मिरा कोषले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षामा सहजता पुग्ने विश्वास व्यक्त गरे।

यस हस्तान्तरण कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रयोगात्मक सीप विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित