भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

रुपन्देहीमा बुटवल, तिलोत्तमा र सैनामैनामा कोरा

बुटवल।
पर्यावरण र स्वास्थ्य जोडिएको साईकल अभियानका रुपमा गरिदै आएको पर्यटन प्रवद्र्धन हुने कोरा साईक्लिङ कार्यक्रमको तिब्र तयारी भैरहेको छ । विश्वभर नै पर्वको रुपमा लिईने कोरा यसपटक रुपन्देहीमा ३ पालिकाहरुमा हुदैछ । बुटवलसहित तिलोत्तमा र सैनामैनामा समेत कोरा २०२५ हुने भएको हो ।
मणिमुकुन्द बुटवल कोरा २०२५ को पाचौ संस्करणको तयारी बारे विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको आयोजक बुटवल युनाईटेड क्लबले जनाएको छ ।
पत्रकार सम्मेलनमा बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार टुक बहादुर क्षेत्रीले साइकल स्वास्थ्य र पर्यटन दुबै पक्षसंग जोडिएको बताए । ‘रमाइलोसंगै शिक्षा, स्वास्थ्य, पुनर्निर्माणमा सहयोग पु¥याउने सामाजिक उदेश्य समेत रहेको छ ।’– उनले भने ।
नेपाल साईक्लिङ संघका केन्द्रिय उपाध्यक्ष स्वस्तिक श्रेष्ठले खेलकुद र पर्यटन प्रवद्र्धनमा साईक्लिङको महत्व रहेको बताए । तिब्बती शब्द ‘कोरा’ को शाब्दिक अर्थ पवित्र यात्राको क्रममा घुम्ने, परिक्रमा गर्ने बुझाउने भन्दै उनले पवित्र उदेश्यका साथ विश्वभर नै साइक्लिङ गरिदै आएको बताए । यसवर्ष एक सय बढी साइक्लिष्ट सहभागी हुने बुटवल कोराको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव राजु तिवारीले बताए । करीब डेढ लाख खर्च हुने कार्यक्रमलाई मणिमुकुन्द कलेजबाट मुख्य सहित विभिन्न दाताहरुबाट सहयोग मिलेको उनले बताए ।
यता तिलोत्तमा नगरपालिकामा पनि पहिलोपटक कोराको तयारी अन्तिम चरणमा पुगेको विहिबार तिलोत्तमामा पत्रकार सम्मेलन गरि आयोजक तिलोत्तमा राईडर्सले जनाएको छ । तिलोत्तमा राईडर्सको आयोजनामा प्रथम तिलोत्तमा कोरा २०२५ हुन लागेको हो । तिलोत्तमा राईडर्सका अध्यक्ष अर्जुन गुरुङले तिलोत्तमा क्षेत्रका पर्यटकिय गतिविधिलाई समेटेर करीब ५० किलोमिटर दुरीको कार्यक्रम गर्न लागेको बताए । पहिलो पटक आयोजना हुने कार्यक्रममा ११० जना राईडरहरु दर्ता भएको उनले बताए । यसैगरि मंसिरमा समेत खेल प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए ।
सैनामैना क्षेत्रको पर्यटकिय क्षेत्रहरुलाई प्रचार गर्ने गरि कोरा गर्न लागेको साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए । सातौ संस्करणको कोरा यसपटक पनि ६० किलोमिटर हुने उनले बताए । निशुल्क दर्ता हुने कार्यक्रममा करीब २८० जना साईक्लिष्ट दर्ता भएको उनले बताए । कोरामार्फत सैनामैनाको धार्मिक, सास्कृतिक पर्यटन प्रवद्र्धनका कार्य समेत हुने उनले बताए । कोराको मुल मर्म अनुसार कार्यक्रम गरि सामाजिक क्षेत्रमा
योगदान गर्दै आएको उनले बताए । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । रुपन्देहीसहित पाल्पा र बाकेमा समेत कोरा आयोजना हुदैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित