लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे

चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्लब लुम्बिनी लायन्सले भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।

भावनासँग नेपाली क्रिकेट प्रशासनको राम्रो अनुभव रहेको छ । उनी नेपाल क्रिकेट संघ (क्यान)की पूर्वसीईओ पनि हुन् ।

उनको आगमनले क्लबको रणनीतिक योजना, संस्थागत व्यवस्थापन र दीर्घकालीन लक्ष्यलाई स्पष्ट दिशा प्रदान गर्ने विश्वास लुम्बिनी लायन्सले व्यक्त गरेको छ ।

‘यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने विश्वास हामीले लिएका छौं । उहाँको आगमनले खेलाडीको विकास र समग्र टिमको प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ,’ लुम्बिनी लायन्सले भनेको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले पनि आगामी दिनमा क्लबले थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘भावना घिमिरेलाई लुम्बिनी लायन्सको परिवारमा स्वागत गर्न पाउँदा हामी उत्साही छौं । उहाँको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले क्लबलाई नयाँ उचाइमा पुर्‍याउनेमा हामी विश्वस्त छौं,’ उनले भनेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित