रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे

चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्लब लुम्बिनी लायन्सले भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।

भावनासँग नेपाली क्रिकेट प्रशासनको राम्रो अनुभव रहेको छ । उनी नेपाल क्रिकेट संघ (क्यान)की पूर्वसीईओ पनि हुन् ।

उनको आगमनले क्लबको रणनीतिक योजना, संस्थागत व्यवस्थापन र दीर्घकालीन लक्ष्यलाई स्पष्ट दिशा प्रदान गर्ने विश्वास लुम्बिनी लायन्सले व्यक्त गरेको छ ।

‘यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने विश्वास हामीले लिएका छौं । उहाँको आगमनले खेलाडीको विकास र समग्र टिमको प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ,’ लुम्बिनी लायन्सले भनेको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले पनि आगामी दिनमा क्लबले थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘भावना घिमिरेलाई लुम्बिनी लायन्सको परिवारमा स्वागत गर्न पाउँदा हामी उत्साही छौं । उहाँको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले क्लबलाई नयाँ उचाइमा पुर्‍याउनेमा हामी विश्वस्त छौं,’ उनले भनेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित