तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

त्रिवि प्राध्यापक संघ बुटवल बहुमुखी क्याम्पसको नेतृत्वमा डा. देवकोटा

बुटवल- त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस एकाइको नयाँ कार्यसमिति चयन गरिएको छ ।

मंगलबार सम्पन्न अधिवेशनमा निर्वाचित सदस्यहरुमध्येबाट संघको विधानअनुसार निर्वाचन समितिको रोहबरमा बसेको भेलाले सर्वसम्मत निर्णय गर्दै पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

निर्वाचन समितिका संयोजक जिवना अधिकारीका अनुसार डा. चिरञ्जीवि देवकोटा संघको सभापतिमा चयन हुनु भएको छ । त्यस्तै, उपसभापतिमा प्रेमप्रसाद पौडेल, सचिवमा होमनाथ चालिसे, सहसचिवमा बलवन्त कुमी र कोषाध्यक्षमा डा. तारानाथ भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा सुभाष चन्द्र बौधरी, कमारी लक्ष्मी शर्मा, कृष्ण प्रसाद पाण्डे (भूगोल), राजेश चन्द पौडेल र प्रभा पौडेल चयन हुनु भएको छ ।

नयाँ कार्यसमितिलाई बुटवल बहुमुखी क्याम्पस एकाइमा प्राध्यापकहरुको हित, अधिकार र पेशागत सशक्तीकरणका लागि क्रियाशील हुने अपेक्षा गरिएको छ । निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा सम्पन्न भएको जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित