युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी

सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको सिण्डिकेटविरुद्ध जनअसन्तोष झल्किने गरी रूपन्देहीको तिलोत्तमा नगरपालिका-८ स्थित मिलन टोल विकास संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत प्राप्त गरेको छ ।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे तथा कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणको छेउमा पर्ने सो टोलको १५ सदस्यीय कार्यसमितिमा रास्वपाले ४ पदाधिकारीसहित ८ सदस्य पद जितेको छ। ३ जना सदस्य एमालेबाट, रास्वपाकै प्यानलबाट राप्रपाका २ जना र कांग्रेसबाट २ जना सदस्य निर्वाचित भएका छन् ।

२७२ घरधुरी रहेको टोलमा २३३ मत खसेको थियो। अध्यक्षमा रास्वपाका रामाकान्त भुसाल १२४ मत ल्याएर निर्वाचित भए भने एमालेका कृष्ण चापागाईं १०० मतमा रोकिए ।

उपाध्यक्षमा रास्वपाका पर्सुराम काफ्लेले १४५ मत ल्याउँदै कांग्रेसकी रिना बराललाई सहजै हराए। बरालले ८१ मत मात्र पाइन्। सचिवमा रास्वपाकै सीता तिवारी ११९ मतसहित निर्वाचित भइन् भने कांग्रेसका थम्मन गुरुङले १०५ मत ल्याए। कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डेले १२६ मतसहित एमालेकी बबी चापागाईंलाई पराजित गरे। चापागाईंले ९८ मत पाइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित