युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न

बुटवल । एएचएफ नेपालको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको एचआईभी सम्बन्धी परियोजनाले ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न गरेको छ । बैठकमा एएचएफ नेपालको हालको परियोजना उद्देश्य र लक्ष्य सहित कार्यक्रम संयोजक धर्मराज भट्राईले प्रस्तुतीकरण दिएका थिए । सो अवसरमा उनले हाल १ हजार ६७१ ज्ना एचआईभी संक्रमितहरुले त्यस विरुद्धको औषधि नियमित सेवन गरेको जानकारी दिए ।

साथै उनले गत ६ महिनाको अवधिमा १४ हजार ३१२ कण्डम वितरण गर्नुका साथै ३८७ जनालाई परियोजनाले आर्थिक सहयोग गरेको बताए । उनका अनुसार गत ६ महिनामा मात्र ३४ जना नयाँ एचआईभी संक्रमित पत्ता लगाई उपचारमा आबद्ध भएका छन् ।

यस्तै चालु आर्थिक बर्षको अन्त्य सम्म ९८ प्रतिशत एचआईभी संक्रमित विरामीहरुको भाइरल लोड घटाइएको उनले बताए । बुटवल उपमहानगरपालिकामा सञ्चालनमा भएको उक्त बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मित्रमणी खनाल, स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगाएतले बाेलेका थिए  ।

कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारीहरु, एचआईभीमा काम गर्ने संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, कानुन व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित