तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मदिराले मात्तिएका छोराले बाबुको हत्या गरी मलखातामा पुरे

अर्घाखाँचीमा सामान्य घर झगडामा मदिराले मात्तिएका छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ ।

सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर हत्या गरेर नजिकैको मलखातामा पुरेका हुन् ।

झुपे जंगबहादुरका झड्केलो छोरा रहेको स्थानीयले प्रहरीलाई बताएका छन् ।

प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बुधवार दिउँसो घरमै हत्या गरेको र मदिराले मात्तिएर रिसको झोकमा कुटपिट गरेर बुबाको हत्या गरेपछि शवलाई मलभित्र पुरेको जनाए ।

मदिराले मात्तिएका झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीको पक्राउमा परेका थिए ।

अहिले कुटपिट गर्ने झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मल्लको भनाई छ ।

छिमेकीसमेत रहेकी वडा सदस्य मिना श्रेष्ठका अनुसार जंगबहादुरले कान्छी श्रीमती बिहे गरेर ल्याउने बेलामै झुपे जन्मिसकेको र बासखर्कमा आएर हुर्केका हुन् ।

उनले दिनभरजसो मदिरा खाएर हल्ला गर्ने गर्दथे । बुधवार भने आमा नभएको समयमा बाबुलाई हत्या गरेर नजिकैको मलखातामा गाडेको अवस्थामा भेटिएको श्रेष्ठले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित