मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

शिक्षा विकास तथा समन्वयको मोटरसाईकलमा ‘सालोको’ रजाइँ

बुटवल । शिक्षा विकास तथा समन्वय इकाई भैरहवाका कार्यालय सहयोगी शैलेन्द्र लोधले सरकारी मोटरसाईकलको दुरुपयोग गरेको पाइएको छ । रुपन्देहीको गैडहवा घर भई भैरहवामा बस्ने लोधले सरकारी नं. प्लेटको प्र ३–००१ ब १७१४ नं को मोटरसाईकल दुरुपयोग गरेको पाइएको हो ।

समाचार स्रोतका अनुसार उनी सँग सवारी चालक अनुमती पत्र (लाईसेन्स) समेत छैन् । हरेक हप्ताको शुक्रबार लोध विना लाईसेन्स घर गैडहवा जाने आउँने गर्दछन् । त्यति मात्र होईन कार्यालय समय बाहिर पनि भैरहवाका सडकमा उनले खुल्याम मोटरसाईकल चलाउँदै आएका छन् । ९ महिना अघि मात्र कार्यालय जागिर खाएका लोध शिक्षा विकास तथा समन्वय ईकाई भैरहवाका लेखापाल महंगो लोधको सालो हो । महंगो लोध भन्सार कार्यालयका समेत लेखापाल हुन ।

शिक्षा विकास तथा समन्वय ईकाइमा लेखापालको दरबन्दी नहुँदा उनै महंगो लोध बेला बेलामा आएर समन्वय ईकाईमा लेखापालको रुपमा कार्य गर्दै आएका छन् ।

कार्यालय सहयोगी लोधले कार्यालयको कामले मात्र आफुले मोटरसाईकल चलाउने गरेको बताए । उनले आफ्नो लाईसेन्स नभएको समेत स्वीकार गरे । ‘बजारमा त लैजान्न । अपिसको कामले हो मोटरसाईकल लैजाने । तर भोली देखि लैजान्न’ उनले भने ।

शिक्षा विकास तथा समन्वय ईकाई भैरहवाका कार्यालय प्रमुख माधव बञ्जाडेले एक पटक बाहिर मोटरसाईकल लगेको सूचना आफुले पनि पाएको भन्दै शैलेन्द्रलाई पुन सचेत गराउने बताए । ‘कोलेनीकामा जान परे लाईसेन्स भएकैलाई जान भनेको छु । फेरी त्यस्तो गरेको भए म सचेत गराउँछु । अब त्यो रोकिन्छ’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित