तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल-नारायणगढ सडक खण्डको विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा

बुटवल-नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा आउने भएको छ ।

इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्पेक्टर राजन तिमिल्सेनाले आजदेखि पुलबाट गाडी सञ्चालन गर्ने तयारी भइरहेको बताए । तर, कति बेलाबाट सञ्चालन गर्ने भन्ने निर्माण कम्पनीमा भर पर्ने उनको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा पुल भाचिँदा डाइभर्सन बनाएर गाडी सञ्चालन गरे पनि बाढीले बगाउँदै आएको थियो ।

यसअघि उक्त पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो । खोलामा आएको बाढीले असार पहिलो साता ३८ यात्रुसहितको यात्रुबाहक बस बगाएको थियो ।

डाइभर्सन बगाउँदा पूर्वबाट पश्चिम जाने गाडी नारायणगढबाट पोखरा, स्याङजा भएर बुटवल आएर पश्चिम जाने गरिरहेका छन् । पश्चिमबाट पूर्व जाने गाडीहरू बुटवल पाल्पाबाट पोखरा र मुग्लिन हुँदै काठमाडौं गइरहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित