तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

विद्युतीय गाडीले ५ वर्षपछि बल्ल हरियो नम्बर प्लेट पाए

एसियाली विकास बैंकको १३ करोड रुपैयाँ अनुदानमा लुम्बिनी विकास कोषका लागि ल्याइएका विद्युतीय गाडीले ५ वर्षपछि बल्ल हरियो नम्बर प्लेट पाएका छन्।

एसियाली विकास बैंकले लुम्बिनी आउने पर्यटकहरूलाई सहज रूपमा सेवा प्रदान होस् र सवारी साधनका कारण लुम्बिनीमा प्रदूषण नबढोस् भन्ने उद्देश्यले १४ वटा विद्युतीय भ्यान र पाँच वटा विद्युतीय बस उपलब्ध गराएको थियो।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत ०७७ मंसिरमा ल्याइएका गाडीमध्ये एक दुई वटा भ्यान लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीहरूले प्रयोग गर्दै आए पनि अन्य भ्यान र बसहरू ५ वर्षसम्म खुला आकाशमुनि थन्किएका थिए।

दातृ निकायले अनुदानमा उपलब्ध गराएका करोडौँ मूल्यका सम्पत्ति खुला आकाशमुनि थन्किएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीले अदालतमा रिट दायर गरेका थिए।

बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा बिए एल एल बी अध्ययनरत रोशन घिमिरे, सिमाना थापा क्षेत्री, नवीन खनाल, प्रविन तिवारी र कुल दीप तिवारीले बस र भ्यानलाई हरियो नम्बर प्लेट दिन माग गर्दै गत असोजमा दिएको रिटमाथिको बहसपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको थियो।

न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्य शिला दवाडी घिमिरेको संयुक्त इजलासले लुम्बिनी विकास कोषका लागि उपलब्ध विद्युतीय सवारी साधनलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी पर्यटन प्रयोजनका लागि सञ्चालन गर्न गत चैत ११ मा परमादेश जारी गरेको थियो।

पर्यटन प्रयोजनका लागि हस्तान्तरित ५ बस र १४ भ्यानसहित १९ विद्युतीय गाडीलाई सेतो प्लेटबाट हरियोमा परिवर्तन गरी उद्देश्यअनुसार सञ्चालन गर्न उच्च अदालतले एक महिनाको समय सीमा तोकेको थियो।

परमादेश जारी भएको तीन महिनापछि गत साता मात्रै यातायात व्यवस्था कार्यालय बुटवलले हरियो प्लेटको नम्बर दिएको छ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यका अनुसार दुर्घटनामा परेका तीन वटा भ्यान र सिसा फुटेको कारण एउटा बसले हरियो नम्बर प्लेट पाउन सकेका छैनन्। ती भ्यान र बस बुटवलमा मर्मत भइरहेको र मर्मतपछि हरियो नम्बर प्लेटका लागि प्रक्रिया अगाडि बढाइने शाक्यले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित