तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

अक्सफोर्ड माविमा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले माध्यमिक शिक्षा परीक्षा एसर्ईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

अक्सफोर्डबाट एसईईको परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाका लागि तयारीमा रहेका डेढ सय विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो । विद्यालयले  बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेर उच्च शिक्षाकालागि अग्रसर विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको प्राचार्य दिनेश भुसालले जानकारी दिए।

विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा २०८१ मा एकसय ५५ जना विद्यार्थीहरु सहभागि भएकोमा शत्प्रतिशत नतिजा सहित विद्यार्थी उत्तीर्ण भएको बताए । उनले अक्सफोर्डबाट १० जनाले ४ जिपीए, ३.६० जिपीएभन्दा माथि १३६ जना, ३.४४ जिपीएभन्दा माथि ९ जना गरी शत्प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए ।

उनले यो अंक जिल्लाकै राम्रो अंक भएको उल्लेख गर्दै अक्सफोर्डमा सबैखाले ज्ञान र बौद्धिकताको सिकाइ हुने हुँदा शैक्षिक गुणस्तरीयतामा पनि उत्कृष्टता हासिल गर्न सफल भएको विचार राखे । उनले एसईईमा उत्र्तीण भएका विद्यार्थीहरुले अरुको कर र रहरमा भन्दापनि आफ्नो चाहना र इच्छाका आधारमा विषय छनोट गरेर माथिल्लो कक्षामा अध्ययन गर्न सुझाव दिए ।
विद्यालय संचालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, विद्यालय संचालक समितिका सदस्य नवराज पंगेनी, ललित खरेल, न्यु कान्तिपुर मन्टेश्वरी टे«निङ्ग सेन्टरका निर्देशक यशुकला भुसाल, अक्सफोर्डका पुर्व विद्यार्थी दिया भुसाललगायतले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्र्तीण भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उच्च शिक्षामा थप शैक्षिक सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन एकेडेमिक चिफ प्रकाश ज्ञवालीले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित