दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण

बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण तथा सरसफाई गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै गएका वर, पिपल र स्वामीको संरक्षण गर्ने उदेश्यले टोल संस्थाको अगुवाईमा जितेश्वरी सामुदायिक वनको क्षेत्रमा बृक्षारोपण तथा सरसफाई गरिएको हो ।

जितेश्वरी माध्यमिक विद्यालय परिसर, महिला आमा समूहको भवन परिसरमा निम, कदम, गुलमोहर, अमला लगायतका विरुवाहरुको बृक्षारोपण गरिएको छ भने विद्यालयको उत्तरतर्फ भैरव मन्दिर जाने सडक छेउमा व्यवस्थित चौतारी बनाउने गरी वर, पिपल र स्वामीको विरुवाहरु बृक्षारोपण गरिएको छ ।

राष्ट्रिय धान दिवसमा रोपाईँ गर्नुपर्ने भएपनि आफूहरु वातावरण संरक्षणमा टेवा पुर्याउने उदेश्यले बृक्षारोपणमा गरेको जितेश्वरी टोल विकास संस्थाका अध्यक्ष दशरथ पौडेलले जानकारी दिए ।

उनका अनुसार विद्यालय पछाडिको सामुदायिक वनमा लगाइएको वर, पिपल र स्वामीलाई भैरहव मन्दिर जानेहरुले बिसौनी हुने गरी चौतारीका रुपमा विकास गरिनेछ । लगाइएका विरुवाहरुको टोल संस्थाले नै संरक्षण गर्ने उनको भनाई छ ।

विगतदेखि नै जितेश्वरी टोल संस्थाले रचनात्मक काम गर्दै आइरहेको भन्दै बृक्षारोपणले वातावरण संरक्षणमा ठूलो टेवा दिने निवर्तमान अध्यक्ष चिरन बरालले बताए।

बुटवल १३ देविनगर स्थित उद्यमी कृषि सहकारी संस्थाले समेत बृक्षारोपण कार्यक्रममा सहकार्य गरेको थियो। बृक्षारोपणमा सामाजिक अगुवा किसन ज्ञवाली, जितेश्वरी आमा समूहका अध्यक्ष सिता कार्की, टोल संस्थाका उपाध्यक्ष नारायण प्रसाद नेपाल, सचिव ज्ञानबहादुर पुन, उद्यमी कृषि सहकारीका अध्यक्ष दलबहादुर लुहागुन लगायतको उपस्थिती रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित