मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

इरानबाट उद्धार गरिएका बुटवलका दुई युवा कृष्णनगर हुँदै गर आइपुगे

 

भैरहवा– इरानको मसादबाट भारतले उद्धार गरी ल्याएका रुपन्देहीका दुईजना युवाहरु घर फर्किएका छन् । नेपाल सरकारको अनुरोधमा उद्धार गरिएका नेपालीहरुमध्ये दुईजना बुधबार कपिलववस्तुको कृष्णनगर नाका हुँदै बुटवलस्थित घरमा आइपुगेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरे घर आइपुगेको जनाए । ‘हामीले बेलहिया नाकामा उहाँहरुलाई पर्खिएर बसेका थियौं, तर, कृष्णनगर नाका हुँदै घर आइपुग्नु भएछ ।’ घिमिरले पोखरेलको परिवारसँग आफूले कुराकानी गरेको र राम्रैसँग घरमा आइपुगेको प्रतिक्रिया पाएको बताए । इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि नेपालको अनुरोधमा केही नेपालीहरुलाई भारत सरकारले उद्धार गरेको थियो । यसमध्ये दुईजना रुपन्देहीका थिए । भारतस्थित नेपाली दूतावासले मंगलबार साँझ ट्विट गर्दै उनीहरु घर फर्किन लागेको जनाएको थियो ।

उद्धार पछि घर फर्किंदै गरेका पोखरेल र गैरेलाई सीमा नाकामा स्वागत गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा सुरक्षा अधिकारीहरु बेलहिया नाका पुगेका थिए । तर, ४ बजेतिर मात्रै उनीहरु कृष्णनगर नाकाबाट घर फर्किएको खबर सुरक्षा अधिकारीहरुले पाएका थिए ।

दिल्ली–नेपाल चल्ने सिधा बसमार्फत् उनीहरु घर आइपुगेको घिमिरेले बताए । दिउँसो २–३ बजेको बीचमा पोखरेल र गैरे कृष्णनगर नाका हुँदै घर आइपुगेको पारिवारले जनाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित