तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि : कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

नेपाली कांग्रेसबाटै लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री भएका धनेन्द्र कार्कीले ल्याएको बजेटको विरोध गर्दै नेपाली कांग्रेस जिल्ला समिति कपिलवस्तुलेले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका कांग्रेसका सबै मन्त्रीलाई जिल्लाका सार्वजनिक तथा पार्टीका कार्यक्रमहरूबाट बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ ।

पार्टी जिल्ला अध्यक्ष अब्दुल कलामद्वारा हस्ताक्षरित विज्ञप्तिमा असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम तथा बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै जिल्ला पार्टीको निर्णय लत्त्याउँदै मनोमानी ढंगले बजेट विनियोजन गरिएको आरोप लगाइएको छ ।

विकासका कार्यक्रमहरू जिल्लामा न्यून देखिएको, संघीयताको भावना र मर्म विपरीत पहुँचवालाहरू र स्वयं मन्त्रीहरूको निर्वाचन क्षेत्रमै बढी र अस्वाभाविक योजना पारिएको भन्दै विरोध जनाइएको छ ।

‘बजेटको अधिकांश हिस्सा प्युठान, अर्घाखाँची र गुल्मीमा मात्र देखिन्छ’, पार्टी जिल्ला अध्यक्ष कलामले भने, ‘कपिलवस्तुलाई हेपिएको छ । के तीन वटा जिल्ला मात्रै लुम्बिनी प्रदेशमा पर्छन् ? बाध्य भएर यस्तो कठोर निर्णय लिनु परेको हो ।’

मन्त्रीहरू सच्चिएनन् भने थप कठोर निर्णय लिनुपर्ने अवस्था आउने उनले चेतावनी दिएका छन् । यसअघि पार्टीको प्रदेश सभापति अमरसिंह पुनले पनि यो बजेट विचौलियाले बनाएको भन्दै अस्वीकार गर्ने निर्णय सार्वजनिक गरेका छन् । उनले पनि विज्ञप्ती नै जारी गरी यसमा पार्टीको कुनै सहमति नभएको जनाएका छन् ।

प्रदेश सरकारमा कांग्रेसबाट ५ जना मन्त्रीहरु छन् । बजेटमा मन्त्रीबाहेक अधिकांश सांसदहरु असन्तुष्ट रहेका छन् । आइतबार कांग्रेस लुम्बिनी संसदीय दलको बैठकमा बजेटमा कमजोरी गर्ने सबै मन्त्रीलाई फिर्ता गरेर नयाँ पठाउनुपर्ने माग सांसदहरुले गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित