युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

रूपन्देहीको सम्मरीमाईमा २२ वर्षीया महिला जलेको अवस्थामा मृत फेला

रुपन्देहीमा एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको समरीमाई गाउँपालिका वडा नम्बर ५, थुम्हावा पाण्डे डीहगाउँ नजिकै आइतबार बिहानपख स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले राति पौने दुई बजे महिला चिच्याइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र घटनास्थलमा प्रहरी पुग्दा महिला मृत भेटिएको जनाए । ‘राति १ः४० बजे खेतमा महिला चिच्याएको र खेतमा आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मुस्लोमा पालको शव जलेको अवस्थामा मृत भेटिएको हो’, सापकोटाले भने, ‘घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।

डीएसपी सापकोटाका अनुसार सिर्जना आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा जलेको अवस्था भेटिएकी थिइन् । सिर्जना मृत भेटिएको स्थान दानव नदी छेउमा पर्छ । प्रहरीले घटनापछि सिर्जनाका श्रीमान् र परिवारका सदस्यसहित स्थानीयलाई सोधपुछ गरिरहेको छ ।

सापकोटाका अनुसार सिर्जनाका श्रीमान् प्रमोद पाल र घररिवारका सदस्यमाथि सोधपुछ भइरहेको छ । यस्तै, उनका माइती पक्षलाई पनि बोलाएर सोध भइरहेको छ । ‘घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ’, उनले भने, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले हत्या वा आत्हत्या भन्न सकिँदैन ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित