तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट र लाइनिङ को काम धमाधम

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट र लाइनिङ को काम धमाधम अघि बढेको छ ।

मुख्य टनेलको कुल १०८९ मिटरमध्ये इन्भर्टको काम अब ९९ मिटर मात्र बांकी छ भने लाइनिङको काम ४ सय २९ मिटर रहेको छ । बाइपास १ मा इन्भर्ट र लाइनिङ को काम भइरहेको छ भने बाइपास ३ मा इन्भर्ट को काम सुरु भएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

सुरुङमार्ग मुख्य टनेलको कामलाई तीव्रता दिएर सक्ने र सवारी साधन भित्रबाट पठाएर बाहिर अहिलेको सडकमा काम गर्ने योजना आयोजनाको छ । बाइपास एक १ सय ५१, बाइपास दुई १ सय ६१ र बाइपास तीन १ सय ३० मिटर रहेको छ । उनका अनुसार बाइपास एकको इन्भर्टको काम १ सय ४५ मिटर भइसकेको छ । लाइनिङको काम पनि १ सय १८ मिटर भइसकेको छ ।

त्यस्तै, बाइपास तीनको पनि इन्र्भटको काम ३६ मिटर भइसकेको आयोजना कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । बाइपास दुइको इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन । उहांका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउंपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको भौतिक अहिलेसम्मको समग्र भौतिक प्रगति ५३।४१ प्रतिशत पुगेको छ ।

त्यस्तै, वित्तीय प्रगति ४७।८ प्रतिशत रहेको छ । आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको हुनेछ । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ ।

लाइनिङ सहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर हुने आयोजना कार्यालयले जनाएको छ । यसमध्ये उत्तरतर्फ मुख्य सुरुङको इन्भर्टको काम ४ सय ८० मिटर भइसकेको छ ।

दक्षिणतर्फ ५ सय १० मिटर काम भएको आयोजना कार्यालयले जनाएको हो । मुख्य सुरुङमा लाइनिङको काम भने उत्तरतर्फ ३ सय २० मिटर र दक्षिणतर्फ ३ सय ४० मिटर सकिएको छ ।

स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये १४९५, उत्तरतर्फ ११०० मध्ये ४९५, एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार समयभित्र निर्माण व्यवसायीले काम गर्दा पनि सवारी गुडाउन अझै एक वर्ष अझै लाग्ने अनुमान गरिएको छ । सुरुङमार्गमा आगामी दिनमा विद्युतीकरणको काम हुनेछ ।

सुरक्षा र सञ्चारका उपकरण जोड्ने काम हुनेछन । बाहिरतर्फ अहिलेको सडक भत्काएर गर्नुपर्ने भएकाले यातायात मुख्य सुरुङबाट सञ्चालन गर्नुपर्ने आयोजना प्रमुख अधिकारीले बताए।

लाइनिङ, भेन्टिलेसनको काम भइरहेको छ । भित्तामा कङ्क्रेटिङ गर्ने, वाटर ग्रफिङ, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडान लगायतका काम हुनेछ । यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टी हेलिप्याडसमेत निर्माण गर्ने तयारी छ । यो आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयां मूल्य अभिवृद्धि करसहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको छ । ठेक्का सर्त अनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । सुरुङमार्ग सम्पन्न हुंदा लुम्बिनी र गण्डकी प्रदेशका पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखांची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङ, मुस्ताङ लगायतका क्षेत्रका नागरिकले सुरक्षित यात्रा गर्न पाउनेछन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित