तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल बहुमुखी क्याम्पसमा ह्याकाथन प्रतियोगिता, देशभरबाट १५ समुह छनोट

बुटवल । बुटवल बहुमुखी क्याम्पसको सूचना प्रविधि विषय (सीएसआईटी) मा अध्ययनरत विद्यार्थीको आयोजनामा राष्ट्रिय स्तरको ह्याकाथुन प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पस अन्तरगत रहेको सीएसआईटी एशोसिएसनको आयोजनामा यही जेष्ठ २५ गतेदेखि २७ गतेसम्म ‘बीएमसी इन्नोभेट एक्स’ नामसहित ह्याकाथन हुन लागेको हो ।

सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत देशका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरु बीच सञ्चालन गरिएको अनलाइन प्रतिस्पर्धापछि छनोट भएका १५ जना प्रतिस्पर्धी बीच फाइनल प्रतियोगिता गराउन लागिएको एशोसिएसनका अध्यक्ष सुमन भट्टराईले जानकारी दिए । विभिन्न क्याम्पसमा अध्ययनरत प्रोग्रामर, डिजाइनर साथै सफ्टवयर डेप्लोअर्स विद्यार्थीलाई प्रविधिको सहायतामा सामाजिक समस्या, डाटा एनलाइसिस, हार्डवयर नेटवर्किङ र म्यानेजमेन्टको क्षेत्रलाई वृहत सम्बोधन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिएका देशभरबाट अनलाइन प्रतिस्पर्धामा सहभागी ५५ जना विद्यार्थीबाट उत्कृष्ट १५ जना टनोट गरिएको उनले जानकारी दिए ।

बुटवल बहुमुखी क्याम्पसमा ४८ घण्टाको प्रतिस्पर्धा अन्तरगत पहिलो ३६ घण्टा सफ्टयर कोडिङ तथा डेप्लवको समय रहने छ भने बाँकी १२ घण्टा उक्त आविष्कार बारे प्रस्तुतीको रहने र दुबै प्रतिस्पर्धाका आधारमा विजेता छनोट गरिने सचिव सचिन पाण्डेले जानकारी दिए । प्रतियोगिताको विजेता समुहले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तृतीय स्थान हासिल गर्ने समुहले १५ हजार पुरस्कार राशी प्राप्त गर्ने उनले जानकारी दिए । ५ लाख बढी खर्च अनुमान गरिएको प्रतियोगितामा सहभागीहरुलाई अनलाइन प्रतिस्पर्धाका लागि निशुल्क समावेश गरिएको थियो भने छनोट भएका १५ समुहबाट प्रति समुह ३ हजारका दरले दर्ता शुल्क लिइएको उनले बताए । प्रतियोगितामा सहभागी समुहलाई आयोजकले नै खाना तथा बस्नका लागि व्यवस्था गर्ने बताइएको छ । प्रतियोगितामा छनोटभई काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न शहरमा अवस्थित शैक्षिक संस्थाका विद्यार्थी सहभागी हुँदै छन् ।

प्रतियोगितामा विधागत तर्फ वेस्ट एआई प्रिजेन्टेसन तथा वेस्ट सोसल इम्प्याक्ट गरी दुई जनालाई नगद राशीले सम्मान गरिने आयोजक संस्थाकी करिश्मा गैरेले जानकारी गराइन् । प्रतियोगिता बारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. अरुणकुमार क्षत्रीले सूचना तथा प्रविधिको क्षत्रमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । बुटवल बहुमुखी क्याम्पस विगतमा जस्तो रोजनीतिक गर्ने थलो मात्र नभई शैक्षिक हबको रुपमा बकिास हुँदै गरेको दाबीसहित उनले बाहिरबाट हुर्ने दृष्टिकोण र वास्तविकतामा धेरै फरक भएको उल्लेख गरे । क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरु व्यवस्थित रुपमा अघि बढिरहेको उल्लेख गर्दै उनले अब यहाँ पूर्वाधार बिकासका लागि योजनाहरु अघि सारिएको उल्लेख गरे । शैक्षिक कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि भौतिक पूर्वाधार थप गर्ने तथा पुरानो संरचना पुनः निर्माणको काम अघि बढाइने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित